३ अन्तराष्ट्रिय विमान कम्पनीले नेपालमा उडान गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 09:49:12 AM मा प्रकाशित

laxmi  sunrise bank

‘भिजिट नेपाल २०२०’ को पूर्व सन्ध्यामा ३ अन्तराष्ट्रिय हवाई कम्पनीले नेपालमा उडान भर्ने भएका छन् । कुवेतको जजिरा एयरवेज र भारतका स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयरले नेपालमा उडान सुरु गर्ने संकेत गरेका छन् । 

नेपाल नागरिक उड्डयान प्राधिकरणले स्पाइस जेट र जजिरा एयरवेजलाई नेपालमा उडानको लागि अनुमति दिइसकेको छ । भिस्ताराको अनुमति प्रक्रिया पनि अन्तिम चरणमा पुगेको प्राधिकारणको उच्च स्रोतले जनकारी दिएको छ ।

स्पाइस जेट र जजिराले आगामी मंसिर पहिलो हप्ताबाटै नेपालमा उडान गर्नेछन् । सरकारले अन्तराष्ट्रिय उडान भरिरहेका वायुसेवा प्रदायक कम्पनीले नेपालमा उडान सेवा सुरु गरेपछि पर्यटन आगमन बढ्ने अपेक्षा गरेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved