एयरपोर्टका श्रमीकले पाएनन् सुविधा, प्राधिकरण भन्छ, ‘पैसा थोरै भयो रे’

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 05, 2019 | 12:52:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्यन प्राधिकरणले आफ्ना कर्मचारीलाई सरकारले तोकेको सेवा सुविधा नदिएको पाईएको छ । प्राधिकरण अन्तर्गत कार्यरत श्रमीकले सरकारी नियम अनुसारको सेवा सुविधा नपाएको गुनासो गरेका छन् । 

कर्मचारी भन्छन्, ‘आन्दोलन गर्छौ’ 

सरकारले न्युनतम पारिश्रमीक निर्धारण गरेको लामो समय भएपनि प्राधिकरणले २ बर्ष देखि सरकारलाई नै चुनौती दिँदै सुविधा नदिएको श्रमिकहरुको आरोप छ । ट्रेड युनियनकै कर्मचारी सुमन पराजुलीले एयरपोर्टमा गल्ती नै नगरेको श्रमीकलाई झुठो आरोप लगाएर कानुन अनुसार कुनै मौका नै नदिई जागिरबाट निकाल्ने तर राज्यले तोकेको सेवा सुविधा नदिने नियत विरुद्ध आन्दोलनको तयारी भईरहेको बताएका छन् । 

प्राधिकरण अन्तर्गत एयरपोर्टको श्रमीकको नियुक्ति पत्र नभएको, रोजगार सम्झौता नभएको, वृद्धि भएको तलब नदिएइको, सामाजिक सुरक्षा अन्तर्गत उपदान÷सञ्चय कोष नभएको गुनासो गरेका छन् । कानुन अनुसार बीमा र छुट्टि समेत नपाईने भन्दै विमानस्थलमा रहेका कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले आन्दोलनबाट पर्ने असको जिम्मा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले लिनुपर्ने चेतावनी दिएका छन् । 

‘बढेको तलब थोरै भयो रे’ 

तर प्राधिकरणले भने अन्य क्षेत्रका श्रमीकले पाउने भन्दा बढी नै सेवा सुविधा दिँदै आएको दाबी गरेको छ । प्राधिकरणका प्रवक्ता त्रिलोचन पौड्यालले भने बढेको तलब नै थोरै भयो भन्दै कर्मचारीले विवाद सुरु गरेको प्रतिक्रिया दिएका छन् । उनका अनुसार अहिले आन्दोलन गर्छौ भन्ने कर्मचारीहरु प्राधिकरणको नियुक्ती नभई कम्पनी मार्फत आएका हुन् । एयरपोर्टमा कार्यरत कर्मचारीमध्ये शारीरिक श्रम गर्ने श्रमीकहरु सबैजसो कम्पनीमार्फत नै ल्याउने गरिएको छ । 

रोजगारदाताले ८ हजार रुपैयाँ तलब, ५ हजार रुपैयाँ भत्ता र सो रकमको १० प्रतिशतले हुन आउने रकम श्रमीकको संचयकोषमा जम्मा गर्नुपर्ने प्रावधान छ । प्राधिकरणले भने योभन्दा बढी नै सुविधा दिँदै आएको भनेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved