४४ प्रतिशत मूल्य घटाएर तेस्रो पटक बोइङ विक्रिको सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 02:05:27 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय ध्वजा बाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले बोइङ जहाज विक्रीका लागि फेरि सूचना प्रकाशित गरेको छ । नेपाल एयरलाइन्सले बोइङ किन्न इच्छुकलाई १५ दिनभित्र प्रस्ताव पेश गर्न गर्न आह्वान गर्दै तेस्रो पटक सूचना जारी गरेको हो ।

२७ वर्ष पुरानो १९० सिट क्षमताको बोइङको मूल्यमा एनएसीले निकै नै कमी गरेको छ । एनएसीले गत असारमा बोइङको मूल्यांकन गरी विश्वव्यापी टेन्डर आह्वान गरेको थियो । तर किन्न कोही पनि आएपछि नेपाल एयरलाइन्सले असोजमा अर्को टेन्डर आह्वान गरेको थियो ।

तर उक्त टेन्डरमा पनि उपर्युक्त प्रस्ताव नआएपछि एनएसीले तेस्रो पटक सूचना निकालेको हो । एयरलाइन्सले अहिले जारी गरेको टेन्डर आह्वान सम्बिन्ध सूचनामा बोइङको मूल्य ४८ करोड ७२ लाख नेपाली रुपैयाँ (४२ लाख ५० हजार अमेरिकी डलर) तोकिएको छ । 

नेपाल एयरलाइन्सले यही बोइङको मूल्य ७६ लाख ७६ हजार अमेरिकी डलर राखेर २ टेन्डर आह्वान गरेको थियो । तर यसपटक भने सुरुवाती मूल्यभन्दा ४४ प्रतिशत कम गरेर टेन्डर आह्वान गरको छ । ९एन–एसिबी नेपाली दर्ता नम्बर भएको गण्डकी नामक यो जहाज ८९ हजार घण्टा उडिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved