आन्तरिक उडानमा नेपाली र विदेशीलाई समान भाडा !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2019 | 01:19:40 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशी र नेपालीको हवाई भाडादर समान बनाईने बताएका छन् । पोखरामा जारी लिट्रेचर फेस्टिवलमा भाग लिन पुगेका मन्त्री भट्टराईले आन्तरिक उडानमा विभेद हुन नहुने बताएका हुन् । ‘मन्त्री भट्टराईले भने, ‘संसारका कुनै पनि देशमा स्वदेशी र विदेशी नागरिकका लागि फरक–फरक भाडादर हुँदैन र नेपालमा पनि हुने छैन ।’ 

आन्तरिक उडानमा नेपालीको तुलनामा विदेशी नागरिकले दोब्बर मूल्य तिरेर हवाई यात्रा गरिरहेका छन् । वायुसेवा संचालकले भने डलर फेयर हटाउन नहुने भन्दै यदि हटाईए मुनाफा घट्ने र हवाई उद्योग धाराशायी हुने सुझाव दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved