मन्त्री भट्टराईको अन्तरप्रदेश उडान योजना कति सम्भव ? (भिडियो)

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 17, 2019 | 01:19:00 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक हवाई उडानलाई मजबुत बनाउन अन्तरप्रदेश उडानको योजना सुनाएको केही दिन भयो । एक प्रदेशलाई अर्को प्रदेशसँग हवाई सम्न्धमार्फत जोड्न यस्तो योजना ल्याउने तयारी भएको पर्यटनमन्त्री निकट स्रोतले बताएको छ । काठमाडौँ विमानस्थलको ट्राफिक जामको अवस्था हटाउन पनि यस्तो योजना आएको मन्त्रालय मातहतका निकायहरु बताउँछन् ।

पटक्कै पत्याउँदैन नीजि क्षेत्र

यसबारे नीजि क्षेत्रबाट सञ्चालिन एयरलाइन्सले भने अन्तरप्रदेश उडान सम्भव नहुने प्रतिक्रिया दिएका छन् । सुगम क्षेत्रमा उडान केही सन्तोषजनक भएपनि दुर्गममा व्यापारका दृष्टिकोणले उडान सम्भव नहुने उनीहरुको बुझाई छ । 

वायुसेवा सञ्चालक संघका कोषाध्यक्ष समेत रहेका बुद्ध एयरका मार्केटिङ सेल्स एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख रुपेश जोशी काठमाडौँको ट्राफिक जाम कम हुन्छ भन्ने बाहाना बनाएर आन्तरिक उडान गरिरहेका विमान कम्पनीलाई प्रदेशतिर धपाउन खोज्नु उड्डयन क्षेत्रका लागि घातक हुने बताउँछन् । नीजि क्षेत्रका विमान कम्पनीहरु सेवासँगै व्यापारीक दृष्टिकोण राख्ने भएकाले व्यापार नहुने ठाउँमा आफूहरु जान नसक्ने उनको भनाई छ । 

‘केही सिमित गन्तव्यबाहेक अन्यमा मार्केट छैन, घाटा खाएर चलाउन सकिन्न’ जोशीले भने । उनले हाल पोखरालाई भरतपूर, काठमाडौँसँग जोड्ने काम भईरहेको भएपनि अन्य गन्तव्यमा सम्भव नहुने बताए । ‘पर्यटकीय बजारको कारणले पोखरासँग जोड्न सकिन्छ, अन्य ठाउँमा अनुकुल वातावरण पनि छैन’ उनले भने, ‘पोखरा टुरिजमले चल्न सक्छ, अन्त मार्केट बनिसकेको छैन ।’

आशावादी छ प्राधिकरण !

नेपाल नागरिक उड्डयन प्राधिकरणले भने काठमाडौँका एयर ट्राफिकलाई कम गर्न र अन्तर प्रदेश उडानमार्फत आन्तरिक पर्यटनलाई बढवा दिन यस्तो योजनाको कल्पना गरिएको बताएको छ । नेपालीहरुमा पनि भ्रमण गर्नुपर्छ, घुम्नुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको र हवाई यात्रा गर्ने नेपाली बढिरहेको हुनाले अन्तरप्रदेश उडान सम्भव हुने प्राधिकरणका उप–महानिर्देशक राज कुमार क्षेत्री बताउँछन् । 

उप–महानिर्देशक क्षेत्री भन्छन्, ‘पोखरा भरतपूर उडान सुरु हुँदा मानिसहरु सडकको बाटो ३ घण्टामा पुगिन्छ, किन प्लेन उडानुप¥यो भन्थे । आज पोखरा भरतपूर उडान बुद्ध र यति एयरले गर्दै आएका छन्, सिट पाउन मुस्किल छ’ उनले भने, ‘भैरहवा उडन पनि त्यस्तै छ ।’ 

उनले पोखरा–विराटनगर उडानको तयारीमा रहेको बुद्ध एयरलाई शुभकामना समेत दिए । ‘यो रुटमा उडान राम्रो हुन्छ, १० वटा चलल्ला, तर २÷३ वटा फ्लाईट राम्रो चल्छ’ क्षेत्रीले भने । धनगढी–विराटनगर, धनगढी–पोखरा दैनिक १ देखि २ वटासम्म उडान हुने भन्दै उनले यसैलाई अन्तरप्रदेको रुपमा विकास गर्न लागिएको बताए । सुरुमा केही असम्भव जस्तो देखिएपनि सुरु भएपछि सबै कुरा सम्भव हुने उनको भनाई छ ।

अहिले पोखराबाट नीजि क्षेत्रबाट सञ्चालिन केही वायुसेवा प्रदायक कम्पनीले चितवन र भैरहवा विमानस्थलमा उडान गरिरहेका छन् । पर्यटन मन्त्रालयले भरतपुर, सुर्खेत र राजविराजमा रात्रीकाली हवाई सेवा सुचारु गर्ने योजनालाई पाइलपालइनमा राखेको छ । 

भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved