त्रिभुवन विमानस्थलमा १ टनको बुद्ध मूर्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2020 | 07:24:03 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थमा गौतम बुद्धको प्रतिमा स्थापना गरिएको छ । ‘बुटिक एयरपोर्ट’ बनाउने अवधारणा अनुसार बुद्धको प्रतिमा राखिएको विमानस्थलले बताएको छ । 

आवागमन कक्षसँगै निर्माण गरिएको बुद्धको प्रतिमाको आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अनावरण गरे । मूर्ति अनावरण गर्दै मन्त्री भट्टराईले पर्यटकले खब नेपालमा ओर्लनासाथ शान्तिका अग्रदूत गौतम बुद्धको देशमा आएको महशुस गर्ने बताए । 

१ टन किलोग्रामको उक्त प्रतिमा बनाउन ७० लाख रुपैयाँ लागेको छ । प्रतिमामा २४ लाखको सुनको जलप लगाइएको छ । उक्त बुद्धको प्रतिमा पाटनका कालिगड अमिर शाक्यले बनाएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved