काठमाडौँ एयरपोर्टमा ६३ जना ‘गैरकानुनी’ कर्मचारी

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 17, 2020 | 01:01:57 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको एयर कार्गो गोदाममा कार्यरत मजदूर बिना प्रमाण काम गरिरहेको पाईएको छ । २०६६ साल मंसिर १० गतेदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नागरिक उड्डयन प्राधिकरणले वाणिज्य मन्त्रालय मातहतको पारवहन तथा गोदाम व्यवस्था कम्पनीलाई कार्गो सञ्चालनको जिम्मा दिएपनि कार्गो गोदाममा काम गर्ने मजदूरहरु गैरकानुनी रुपमै राखिएको खुलेको छ । 

२०६१ सालमा कार्गो चलाउने विषयमा पहिलो पटक छलफल भएको र २०६६ सालबाट निरन्तर पारवहन तथा गोदाम व्यवस्था कम्पनीले नै एयर कार्गो सञ्चालन गरिरहेको छ । तर १० वर्षसम्म पनि व्यवस्थित हुन नसकेको पाईएको छ । 

कति छन् गैरकानुनी कामदार ?

कार्गो गोदाममा हाल ६५ जना कामदार छन् । यीमध्ये स्थायी कर्मचारी २ जना मात्रै छन्, एक जना ड्राइभर र एक जना कार्यालय सहयोगी छन् । बाँकी ६३ जना कामदार करारमा भर्ना गरिएको भनिएपनि उनीहरुलाई नियुक्ति पत्र समेत दिईएको छैन । 

यसबारे प्राधिकरणका कार्गो व्यवस्थापन शाखाका प्रमुख रामचन्द्र सुवेदी कर्मचारी नियुक्ति गर्ने, उनीहरुलाई प्रमाणपत्र दिने र उनीहरुको बीमा आदि इत्यादि काम प्राधिकरणको नभई पारवहन कम्पनीकै भएको दाबी गर्छन् । उनले आफू कार्गो शाखामा आएको १ वर्ष भएको र यो बीचमा कर्मचारीलाई करारको नियुक्ति पत्र दिलाउन, उनीहरुको क्षमता बढाउन धेरै पहल गरेको उनको भनाई छ । 

तर कर्मचारीलाई नियुक्ति पत्र समेत नदिईएको विषयमा पारवहन तथा गोदाम व्यवस्था कम्पनीका हिराकाजी महर्जन भने अब व्यवस्थित बनाउने काम सुरु भएको प्रतिक्रिया दिन्छन् । उनले यसअघि काम गर्न ल्याईएका कामदारहरु आवश्यकताका आधारमा ल्याईने गरिएको र संगठन संरचना पनि नबनेका कारण उनीहरुलाई परिचयपत्र समेत दिन नसकिएको बताए । 

महर्जनले तालुक मन्त्रालय वाणिज्य तथा आपूर्ती मन्त्रालयसँग कर्मचारी माग गरिएको र स्थायी कर्मचारी नै दिन मन्त्रालय सकारात्मक देखिएको बताएका छन् । उनले केही महिनामा नै संगठन संरचना तयार पार्ने र करारमा राखिएका कर्मचारीलाई नियुक्ति पत्र दिने, उनीहरुको बीमा गराईने लगायतका काम सकिने दाबी गरेका छन् । उनले यसअघि पारवहन कम्पनीलाई गोदाम दिने कि नदिने भन्नेबारे नै अन्यौल रहेको र म्याद पनि ३ मिहना ६ महिना मात्रै थप हुँदा कर्मचारी नियुक्ति गर्न आँट नआएको स्वीकार गरेका छन् ।

एयर कार्गो गोदाम सञ्चालनमा उड्डयन प्राधिकरण र पारवहन तथा गोदाम व्यवस्था कम्पनीबीच ७० र ३० प्रतिशतको सम्झौता छ । उक्त प्रतिशत पनि पारवहनले मासिक आम्दानीको नभई खर्च कटाएर मात्रै लागू हुने प्रावधान छ । हाल पारवहनले वार्षिक १९ करोड रुपैयाँ राजश्व संकलन गर्दै आएको छ । 

यसअघिः

एकमात्र सरकारी कार्गोमा हेलचेक्र्याइँको पराकाष्ठा, मुकदर्शक प्राधिकरण

एयरपोर्टको कार्गो गोदाम सञ्चालनमा अनेकौँ खेल


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved