करोडौँ आम्दानी हुने कार्गो जिम्मा लिने नेपाल एयरलाइन्सको दाउ

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 19, 2020 | 01:16:49 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको एयर कार्गो गोदाम सञ्चालनमा राष्ट्रिय ध्वजा बाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चासो देखाएको छ । हाल वाणिज्य मन्त्रालय मातहतको पारवहन तथा गोदाम व्यवस्था कम्पनीले सञ्चालन गर्दै आएको उक्त एयर कार्गो गोदाममा पटक पटक किचलो देखिँदै आएको छ । नागरिक उड्डयन मन्त्रालय मातहतको नागरिक उड्डयन प्राधिकरणले कार्गो सञ्चालनको जिम्मा पाएको भएपनि जनशक्ति र योजनाको अभावमा २ वर्षका लागि २०६६ सालमा पावहन कम्पनीले कार्गो सञ्चालनको जिम्मा पाएको थियो । तर हालसम्म पनि पटक पटक म्याद थप गरी पारहवनले नै कार्गो चलाईरहेको छ । 

ग्राउण्ड ह्याण्डलिङ भएको विमान कम्पनीले एयर कार्गो चलाउने अन्तराष्ट्रिय अभ्यास रहेका कारण आफूले चलाउन पाउनुपर्ने नेपाल एयरलाइन्सको माग छ । नागरिक उड्डयन प्राधिकरण पनि नेपाल एयरलाइन्ससँग कार्गो सञ्चालन गर्ने योजना र दक्ष जनशक्ति रहेकोमा विश्वस्त छ । तर सरकारसरकारी कम्पनी पारवहन तथा गोदाम व्यवस्था कम्पनीलाई अस्तित्वमा राखिरहन र उसलाई व्यवसायिक बनाउन एयर कार्गो उसैलाई दिनुपर्ने मनशायमा छ ।

नेपाल एयरलाइन्सका सहायक प्रवक्ता शुलेख मिश्र एयर कार्गो सञ्चालन गर्ने विषयमा निगमभित्र आन्तरिक छलफल भइरहेको बताउँछन् । उनका अनुसार एनएसीले कार्गो चलाउन व्यवसायिक कार्ययोजनासहितको कागजात तयार पार्दैछ । कागजात तयार पश्चात तालुक मन्त्रालय (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन)मा जाने सोच रहेको उनले बताए ।

‘विजनेश विस्तार गर्ने योजनाका साथ हामीले एयर कार्गो सञ्चालन गर्न खोजेका हौँ’ सहप्रवक्ता मिश्रले भने, ‘तर सरकारको चाहाना पारवहन कम्पनीलाई अस्तित्वमा राख्ने र उसैलाई कार्गो चलाउन दिने हो भने एनएसी ब्याक पनि हुन सक्छ ।’ 

मिश्रले ग्राउण्ड ह्याण्डलिङ भएको विमान कम्पनीले कार्गो चलाउने अन्तराष्ट्रिय अभ्यास बुझेरै एनएसीले आफ्नो व्यवसायिक क्षेत्र विस्तार गर्न खोजेको बताए । 

तर प्राधिकरणको कार्गो व्यवस्थापन शाखाका प्रमुख रामचन्द्र सुवेदी निजी क्षेत्रलाई सरकारले कार्गोमा प्रवेश दिन नचाहेको र पारवहनलाई नै दिएर उसको व्यवसायिक क्षमता बढाउने पक्षमा रहेको बताउँछन् । ‘अहिलेको अवस्थामा पारवहनलाई दिनुको विकल्प छैन’ सुवेदीले भने, ‘तर यसका लागि पारवहनले जनशक्ति थप र उड्डयन प्राधिकरणमा स्पष्ट कार्ययोजना भने बुझाउनुपर्छ ।’ उनले पारवहन कम्पनीले आफ्नो संगठन संरचना नै परिवर्तन गरेर स्पष्ट खाकासहित आए प्राधिकरण कम्तीमा ३ वर्षका लागि एयर कार्गो चलाउने जिम्मा पारवहनलाई दिन तयार रहेको बताए । 

हाल एयर कार्गोमार्फत वार्षिक १९ करोड रुपैयाँ आम्दानी भईरहेको छ । वर्षौ पहिलेको ९५ हजार बक्यौता रहेपनि पारवहनले हाल भने मासिक रुपमै प्राधिकरणमा आम्दनी दाखिला गर्दै आएको छ ।

यसअघिः

काठमाडौँ एयरपोर्टमा ६३ जना ‘गैरकानुनी’ कर्मचारी

एयरपोर्टको कार्गो गोदाम सञ्चालनमा अनेकौँ खेल

सरकारी कार्ययोजनामा लापरबाहीको पराकाष्ठा, खेस्रा कागजमा ५ वर्षे योजना

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved