निगमको अध्यक्षबाट खरेलले राजीनामा दिनुको भित्रि रहस्य के ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 24, 2020 | 04:02:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को कार्यकारी अध्यक्षबाट मदन खरेलले माघ ५ गते राजीनामा दिए । त्यसको २ दिन अघि मात्रै माघ ३ गते २० जना पाइलटहरुले संयुक्त रुपमा राजीनामा बुझाएका थिए । निगमका पाइलटले सामूहिक राजीनामा बुझाउनु र दुई दिन पछि अध्यक्षले राजीनामा दिनुको भित्रि रहस्य के हो भन्नेबारे उड्डयन वृत्तमा चर्चा छ ।

यसबारे निगमका अधिकारीहरुले खुलेर कुरा गर्न चाहेका छैनन् । यद्दपी पाइलट र अध्यक्षको राजीनामाले केही शंका गर्ने ठाउँहरु भने छोडेको नियामक निकायको बुझाई छ । निगमबाट पाइलटले राजीनामा दिएपछि आफूलाई थप शंकट आइपर्ने देखेर खरेलले राजीनामा दिएको हुनसक्ने आँकलन पनि गरिएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण हाल सेवा सञ्चालन र नियमन दुवै हेर्ने तालुकी निकाय हो । प्राधिकरणका उप–महानिर्देशक राजकुमार क्षेत्री पाइलटको समूहिक राजीनामा र अध्यक्षको राजीनामाबारे के सम्बन्ध छ भन्नबारे यसै भन्न नसकिने बताउँछन् । उनले प्राधिकरण र निगम फरक फरक निकाय भएकाले यसबारे प्राधिकरणको चासो नहुने जिकिर गर्छन् । तर प्राधिकरणको बोर्डमा वायु सेवा सञ्चालकबाट प्रतिनिधित्व गर्दै खरेलले केही समय बिताएका थिए । पौष २८ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको बोर्डबाट वायु सेवा सञ्चालकका प्रतिनिधिलाई हटाउने निर्णय गरेपछि खरेल स्वतः हटाईएका हुन्।

केही पक्षले भने सोही निर्णयबाट असन्तुष्ट खरेलले राजीनामा दिएको भनेपनि केहीले भने मन्त्रिपरिषद्को निर्णय भएको ४ दिन पछाडी पाइलटले राजीनामा दिनु र त्यसको २ दिन पछि खरेलले राजीनामा बुझाउनुलाई प्रशस्त शंका गर्न सकिने ठाउँ रहेको बताएका छन् । स्रोतका अनुसार बारम्बार काम गर्न नसकेको भन्दै स्पष्टिकरण दिएका खरेल पाइटलहरुले राजीनामा बुझाएपछि थप दबाबमा थिए । सोही दबाब थेगन नसक्ने देखेर उनले एकाएक राजीनामा दिएका हुन् ।

यसबारे निजी क्षेत्रका वायु सेवा प्रदायक कम्पनीहरुले भने यसबारे आफूहरुको चासो नहुने प्रतिक्रिया दिएका छन् । 

यसअघिः

नेपाल एयरलाइन्सका अध्यक्ष खरेलले दिए राजीनामा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved