किन बल्दैनन् विमानस्थलमा विमानलाई बाटो देखाउने बत्ती ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 03, 2020 | 01:32:23 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका approach light मा विमानस्थल व्यवस्थापनले हेलचक्र्याईँ गरेको पाईएको छ । जहाज आउने र जाने बाटोमा राखिएका यस्ता बत्तीहरु कुनै बल्ने र कुनै नबल्ने गरेको भेटिएको छ । 

किन बल्दैनन् एयरपोर्टका approach light ?

यस्ता बत्तीहरुलाई विमान अवतरण गर्दा बाटो देखाउने माध्यमका रुपमा लिइन्छ । मौसमको खराबी, हुस्सु लागेको बेला, भिजिबिलिटी कम भएको बेला र राती जहाज अवतरण गर्नुपर्दा यस्ता बत्तीहरुको भूमीका महत्वपूर्ण हुने उड्डयन क्षेत्रका जानकारहरु बताउँछन् । तर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवबन्धक देवेन्द्र केसी भने केही बत्ती नबल्दैमा जहाजलाई अवतरणमा असजिलो नहुने दाबी गर्छन् । 

‘केही बत्ती नबलेका होलान, तर अहिलेसम्म जहाज र पाइलटहरुले अफ्ट्यारो भयो भन्नु भएको छैन’ महाप्रवबन्धक केसीले भने, ‘हामी दैनिक आफ्ना साधन स्रोत प्रयोग गरेर बत्तीहरुको रेखदेख गरिरहेका हुन्छौँ, अहिलेसम्म बत्तीको कारण जहाज अवतरणमा गाह्रो भयो भनेर अन्तराष्ट्रिय र आन्तरिक कुनै पनि जहाज र पाइलटहरुले भन्नु भएको छैन ।’ 

एयरपोर्टका प्राविधिक सेवा विभागका निर्देशक नारायण शाह भने विमानस्थलको धावन मार्गको लम्बाई बढाउने काम भईरहेका कारण बत्तीहरु नबल्ने गरेको स्वीकार गर्छन् । विमानस्थल धावन मार्गको लम्बाई ३ सय मिटर बढाउने काम अहिले भईरहेको छ । राती उडान बन्द भएपछि दैनिक करिब ४ घण्टा रन–वे विस्तारको काम भईरहेको विमानस्थल स्रोतले बताएको छ । यसका लागि प्रयोग भएका डोजर र टिपरहरु गुड्दा जमिन हल्लिने र यसको असर approach light  का पोलहरुमा परेको निर्देशक शाहको भनाई छ । 

‘डोजर र टिपर चल्दा तीनिहरुको भाईब्रेशनले approach light का केही बल्बहरु बिग्रेका छन्, बिहान बनायो राती बिग्रिन्छ’ उनले भने, ‘अहिले १/२ वटा पोलका १/२ वटा बत्ती निभेका छन्, यसले असर गर्दैन ।’ 

कति वटा छन् बत्ती ? 

विमानस्थलमा हाल २९ वटा approach light का पोलहरु छन् । जडिबुटी–कोटेश्वर सडकखण्डको दुई तिरै यस्ता पोलहरु छन् । तर विमानस्थल परिसर भित्रका १० वटा जति पोल हटाईदै छ । विमानस्थलको रन–वे विस्तारका क्रममा ती पोलहरु हटाउन लागिएको हो । १० वटा पोल हटाएपछि विमानस्थल क्षेत्रको पारीपट्टि सैनिक क्याम्प र विमानस्थल एरियामा गरी कुल १९ वटा मात्रै approach light का पोल हुनेछन् ।

एउटा बत्तीको वारेन्टी २ वर्ष हुने निर्देशक शाह बताउँछन् । ‘यो नर्मल लाइट होईन, हाम्रोमा आउने बत्तीहरु बेल्जियम, फ्रान्स र चीनबाट आउँछन्, एउटा बत्तीको २ वर्ष वारेन्टी हुन्छ ।’ 

फोटोः कनकमणी दिक्षित 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved