एयरपोर्टमा आगलागी भएपछि मन्त्री भट्टराईले दिए यस्तो निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2020 | 09:49:14 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आगलागीका कारण जहाज उडान र अवतरण प्रभावित भएको छ । आगलागी नियन्त्रणमा आएपनि उडान र अवतरण पूर्ववत् अवस्थामा नफर्किदा यात्रु भने रोकिएका छन् । 

आगलागीको खबर सुने लगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उडान र अवतरणको व्यवस्था तत्काल मिलाउन निर्देशन छन् । उनले विमानस्थलको धावनमार्ग र वरिपरी रहेका यात्रु र उनीहरुका आफन्तलाई सुरक्षित रहने गरी एक ठाउँमा राख्न निर्देशन छन् । विमानस्थलले पनि यात्रु कक्षमा बसेकाहरुलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ । 

सोमबार राती ९ बजे विमानस्थलको अन्तराष्ट्रिय टर्मिनलसँगैको प्रस्थानतर्फको यात्रु प्रतीक्षाकक्ष छेवैको कफी सपमा आगलागी भएको हो । विद्युत सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ ।

यसअघि: 

एयरपोर्टमा भिषण आगलागी

एयरपोर्टको आगो नियन्त्रणमाः उडान प्रभावित, मानवीय क्षति भएन

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved