नेपालका २२ विमानस्थल नाम मात्रैका, पुग्दैनन् एउटै जहाज (सूचीसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 11, 2020 | 11:27:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा आन्तरिक उडान हुने विमानस्थल जम्मा ५४ वटा छन् । विभिन्न जिल्लामा रहेका यी विमानस्थलमध्ये हाल ३२ वटा मात्रै ‘अपरेशन’मा छन् । कर्मचारीको दरबन्दी भएको तर आकस्मिक अवतरण मात्रै हुने केही विमानस्थल सञ्चालनमा आएपछि ‘अपरेशन’मा रहेका विमानस्थलको संख्या बढेर ३२ पुगेको हो । बाँकी २२ आन्तरिक विमानस्थल अझै पूर्ण रुपमा बन्द छन् । 

कर्मचारीको दरबन्दी भएर पनि उडान नभएका रामेछाप विमानस्थल, जुम्ला विमानस्थल, रुकुम पश्चिमको चौरजहारी विमानस्थल केही समय अगाडीबाट सञ्चालनमा छन् । आन्तरिक विमानस्थलका रुपमा अर्घाखाँचीमा अर्घाभगवती विमानस्थल पनि निर्माण हुँदैछ । 

सञ्चालमा रहेका आन्तरिक विमानस्थलमध्ये त्रिभुवन विमानस्थल काठमाडौँ, भरतपूर विमानस्ल चितवन, पोखरा विमानस्थल कास्की, नेपालगञ्ज विमानस्थल बाँके, भैरहवा विमानस्थल रुपन्देही, विराटनगर विमानस्थल मोरङ, भद्रपूर विमानस्थल झापा, राजविराज विमानस्थल सप्तरी, सिमरा विमानस्थल बारा, जनकपूर विमानस्थल धनुषा र तेन्जिङ हिलारी विमानस्थल लुक्ला सोलुखुम्बु बढी चल्ने विमानस्थल हुन् । करिब एक वर्षअघिबाट रामेछाप विमानस्थल पनि सुचारु छ । सञ्चालनमा रहेकामध्ये काठमाडौँ विमानस्थल स्पष्ट नाफामा रहँदा अन्य विमानस्थलले भने आफ्नो सञ्चालन खर्च समेत जोहो गर्न सकेका छैनन् ।

अपरेशनमा रहेका ३२ विमानस्थल:

बन्द अवस्थामा रहेका विमानस्थल जिरी विमानस्थल दोलखा, खिजिचण्डेश्वरी विमानस्थल ओखलढुंगा र टिकापुर विमानस्थल कैलाली लगायतका आन्तरिक एयरपोर्ट कुनै समय निकै चलेकामध्ये भित्र पर्छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यी विमानस्थलमा कम्तीमा दैनिक १ देखि २ उडान भर्न सक्ने गरी पुनः सञ्चालनको योजना बनाएको बताईएको छ ।

बन्द रहेका २२ विमानस्थलः

सञ्चालमा रहेका विमानस्थलको स्तरोन्नति गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले हरेक विमानस्थलको गुरुयोजना समेत बनाएको छ । ‘एयर कनेक्टीभिटी’लाई प्राथमिकतामा राखेर आन्तरिक विमानस्थलको हालको अवस्थामा स्तरोन्नति गर्न लागिएको प्राधिकरणले जनाएको छ । सञ्चालनमा नरहेका विमानस्थललाई पनि केही वर्षभित्र सञ्चालन गर्नेगरी प्राधिकरणले योजना बनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved