नेपालीको उद्वार खर्च कति ? कसले तिर्छ पैसा ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 16, 2020 | 01:57:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट १७० जना नेपालीको उद्वार गरेको छ । कोरोना प्रभावित क्षेत्रमा रहेका नेपालीलाई नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँ ल्याएको हो । चीनको वुहान प्रान्तमा रहेका १७० जना नेपालीलाई वाइडबडी ए–३३० जहाजको चार्टर उडानमार्फत नेपाल ल्याईएको हो । 

नेपालीलाई लिन निगमको जहाज शनिबार अपरान्ह ४ बजे चीन उडेको थियो । अपरान्ह २ः४५ बजे उड्ने भनिए पनि जहाज केहि ढिलो गरी उडेको हो । उक्त जहाज आइतबार बिहान करिब ४ः०० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

को को थिए जहाजमा ?

पाकिस्तानी पाइलटको कमाण्डमा चीन गएको जहाजमा नेपाली को–पाइलट थिए । तर निगमले सुरक्षाका कारण देखाउँदै पाइलट र को पाइलटको नाम सार्वजनिक गर्न मानेको छैन । चीन गएका टोलीमा नेपाली सेनाका चार जना चिकित्सकसमेत थिए ।

१६ जनाको टोली लिएर गएको जहाज अब ४८ घण्टासम्म अन्यत्र नउडाईने निगमका प्रवन्ध निर्देशक गणेश चन्दले बताए । 

कति लाग्यो खर्च ?

सरकारले नै चार्टर गरेर लगेका कारण निगमले खर्च ब्यहोर्नु नपर्ने भएको छ । निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार हिसाब निकाल्ने काम भईरहेका कारण यति नै खर्च भयो भनेर यकिन भइसकेको छैन । 

‘सम्बन्धित विभागले खर्च के कति भयो भनेर हिसाब निकाल्दै छ’ उनले भनिन्, ‘विभागले यति खर्च भयो भनेर जानकारी दिएपछि हामी सार्वजनिक गर्छौँ ।’ 

प्रवक्ता खड्काका अनुसार लागत सबै सरकारले नै ब्यहोर्ने छ । हाललाई निगमले नै आफ्नो खर्च गरेर जहाज पठाएपनि लागेको खर्च सरकारले तिर्नेछ । ‘निकै संवेदनशील समस्याका लागि जहाज पठाईएको हुँदा जहाज पठाउनु अघि हिसाब गर्ने कुरा भएन’ उनले भनिन्, ‘जहाज उताबाट आइसक्यो, अब खर्च कति भयो भनेर एकमुष्ठ निकाल्दैछौँ ।’ सो शहरमा यसअघि नेपाली जहाज नउडेका कारण भएको खर्च अनुमान गर्न समेत कठिन हुने उनको भनाई छ ।  

प्राप्त जानकारी अनुसार ४ जना नेपाली सेनाका डाक्टरहरुको खर्च भने सेनाले नै ब्यहोर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved