सेनाको हवाई प्रस्तुतिका कारण आज पनि उडान प्रभावित हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2020 | 11:15:23 AM मा प्रकाशित

laxmi  sunrise bank

महाशिवरात्री र नेपाली सेना दिवसका अवसरमा सेनाले आयोजना गर्ने कार्यक्रममा कारण आज हवाई उडान प्रभावित हुने भएको छ । सेनाले सैनिक हवाई प्रस्तुति गर्ने र सो को कारण केही समय अन्तराष्ट्रिय तथा आन्तरिक उडानहरू प्रभावित हुने भएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार सेनाको हवाई प्रस्तुतिका कारण आज दिउँसो केही घण्टा सेवा प्रभावित हुने भएको हो । सैनिक मञ्च टुँडिखेलमा हवाई प्रदर्शनसहित आयोजना हुने कार्यक्रमका कारण करिब २ घण्टा सेवा ठप्प हुने भएको हो । विमानस्थलका फ्लाइट अपरेशन निर्देशक सुरेशमान सिंहका अनुसार सेनाले गर्ने हवाई प्रदर्शनका कारण शुक्रबार दिउँसोका उडानहरू प्रभावित हुने छन् । 

सेनाले सैनिक दिवसका अवसरमा आयोजना कार्यक्रमका कारण विमानस्थलको सेवा प्रभावित नहोस् भनेर सल्लाह गरिसकिएको बताएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले आफूहरुले समारोहमा प्रयोग गरिने तीनवटा हेलिकोप्टर लगनखेलस्थित राजदल ब्यारेकमा राखिएको र त्यसले विमानस्थलको सेवालाई प्रभावित नपार्ने बताए ।

यसअघि सेनाले मङ्गलवार अभ्यास गर्दा झन्डै तीन दर्जन आन्तरिक उडानहरू रद्द भएका थिए भने दर्जन बढी जहाजहरु आकाशमै होल्ड गर्नु परेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved