बुद्ध एयरले कोरोनाको लक्षण देखिएका व्यक्ति तथा तिनका आफन्तलाई हवाई यात्रामा नजान तथा विमानस्थलमा नगईदिन अनुरोध गरेको छ । कम्पनीले कोरोनाको मुख्य लक्षण रुघाखोकी र ज्वरो देखिएका व्यक्तिहरुलाई हवाई यात्रामा नजान तथा विमानस्थलमा नजान अनुरोध गरेको हो।
त्यस्ता यात्रुलाई कम्पनीको कल सेन्टरमा सम्पर्क गरी टिकट रद्द गराई नियम अनुसार भाडा फिर्ता लिन सकिने समेत जनाएको छ ।