‘प्रदेश सरकारले पनि जहाज किन्न सक्ने’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 05:31:44 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रदेश सरकार आफैँले जहाज किन्न सक्ने बताएका छन् । मन्त्रालयमा आइतबार  प्रदेश सरकारका पर्यटनमन्त्री, महानगरपालिकाका मेयरहरु तथा नगरपालिका महासंघ र गाउँपालिका महासंघका प्रतिनिधिहरुसँगको छलफलमा मन्त्री भट्टराईले नेपाल एयरलाइन्ससँग मिलेर प्रदेश सरकार आफैँले जहाज किन्न सक्ने र प्रदेश भित्रका पहाडी क्षेत्रमा हवाई सेवा दिन सक्ने बताएका हुन् ।

‘प्रदेश सरकार आफैँले साना जहाजहरु किन्न सक्छन्’ उनले भने, ‘नेपाल एयरलाइन्ससँग मिलेर प्रदेशले जहाज किनेर प्रदेश भित्रका पहाडी भेगमा सेवा दिँदा बन्द विमानस्थल पनि सञ्चालन हुन्छन्, ति विमानस्थलको व्यवसायीक क्षमता पनि बढ्छ ।’

उनले विमानस्थल निर्माण र सञ्चालनमा केन्द्र सरकारले प्रदेश सरकार र स्थानीय तहसँग सहकार्य गर्न चाहेको पनि जानकारी दिए । मन्त्री भट्टराईले प्रदेश र केन्द्र सरकारबीचको स्वामित्व ५०/५० प्रतिशत, महानगरपालिका र केन्द्र सरकारबीचको स्वामित्व ५०/५० प्रतिशत र उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका तथा केन्द्र सरकारबीच ४०/६० प्रतिशत वा ३०/७० प्रतिशत स्वामित्वमा सहकार्य गर्न सकिने बताए ।

‘सबै निकायबीच सहकार्य भएर विकासका काम भयो भने आयोजना अत्रपत्र पनि पर्दैन', मन्त्री भट्टराईले भने, ‘स्वामित्वसमेत बाँडफाँड हुन्छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved