एयर कार्गो शुल्क १० प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 03:56:52 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल एयर कार्गो कार्यालयले शुल्क बढाएको छ । एयर कार्गोमा यसअघि लिँदै आएको हरेक शीर्षकको शुल्कमा १० प्रतिशत वृद्धि गरिएको नागरिक उड्डयन प्राधिकरण कार्गो व्यवस्थापन शाखाले जनाएको छ । 

फाल्गुण २८ गते सार्वजनिक सूचना गरी चैत्र ४ गतेबाट शुल्क बढाउने भनेको कार्यालयले सरोकारवालाको सहमतिमा नै शुल्क बढाएको जनाएको छ । कार्गो शुल्क हरेक २/२ वर्षमा बढाउने प्रावधान छ । 

‘कार्गो ढुवानी, कार्गो प्रवन्ध, गोदाम चार्जलगायत जे जे शीर्षकमा शुल्क लिने गरिएको थियो, त्यो सबै बढाईएको छ’ प्राधिकरण कार्गो व्यवस्थापन शाखाका प्रमुख रामचन्द्र सुवेदीले भने ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved