एक वर्षको व्याज मिनाहा गर्न वायुसेवा कम्पनीको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 02:46:18 PM मा प्रकाशित

laxmi  sunrise bank

वायुसेवा सञ्चालक कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट नेपाली तथा विदेशी मुद्रामा लिएका सम्पूर्ण ऋणको कम्तीमा एक वर्षको व्याज मिनाहा गर्न माग गरेका छन् ।

वायु सेवा सञ्चालक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घको बिहीबार भएको बैठकले ती संस्थाबाट लिएको सम्पूर्ण दीर्घकालीन ऋणको कम्तीमा एक वर्षको किस्ता रकमलाई स्थगन गरी पुनःतालिकीकरण गर्ने व्यवस्था गर्न र विदेशी मुद्रामा लिइएका ऋण नेपाली रुपैयाँमा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।

कोरोना भाइरसका कारण क्षति पुगेका वायुसेवा उद्योग पुनःजीवित हुन धेरै समय लाग्ने भएकाले सरकारबाट प्रोत्साहनस्वरुप करछुट, व्याजमा सहुलियत, ल्याण्डिङ, पार्किङ, राति विसान दस्तुर तथा नेभिगेसन शुल्क तथा अन्य दस्तुर आदिमा छुट प्रदान गर्न सङ्घले विज्ञप्तिमार्फत आग्रह गरेको छ । साथै सङ्घले सबै हेलिकप्टर कम्पनीले पूर्वप्रतिबद्धता गरेका उडानबाहेक हेलिकप्टर आउँदो अप्रिल १ तारिख देखि उडान नभएका कारण भूमिस्थ (ग्राउण्डेड) गर्ने पनि निर्णय गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved