६०८ यात्रु बोकेर कतार एयरलाइन्सका २ जहाज काठमाडौँबाट उडे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2020 | 01:05:02 PM मा प्रकाशित

laxmi  sunrise bank

आज लकडाउनको पाँचौ दिन काठमाडौँ विमानस्थलबाट २ वटा अन्तराष्ट्रिय उडान भएका छन् । दुबै उडान कतार एयरवेजका जहाजले गरेका हुन् ।

कतार एयरवेजको क्यूआर ७४८२ नम्बरको जहाज काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३०३ जना यात्रु बोकेर बिहान करिब ११ः०० बजे दोहाका लागि उडेको छ । कतार एयरवेजकै क्यूआर ३४६८ नम्बरको जहाजले ३०२ जना यात्रु र ३ जना बच्चाहरु बोकेर दोहाकै लागि उडान भर्दैछ । आज मात्रै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बच्चासहित ६०८ यात्रु बाहिरिएका हुन् । 

कतार एयरवेजका जहाजले बोकेका अधिकांश यात्रु फ्रान्स र जर्मनका नागरिक छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved