औाषधिजन्य सामग्री लिन नेपाल वायुसेवा निगमको जहाज चीन उडेको छ । नेपालका व्यापारीहरुले ल्याउन लागेको स्वास्थ्य सामग्री लिन निगमको वाइडबडी जहाज चीन उडेको हो ।
मेडिकल सामग्री लिएर सकेसम्म आज राती नै निगमको वाइडबडी चीनबाट काठमाडौँ आउने बताईएको छ । यसअघि पनि निगमकै चार्टर जहाजले चीनबाट औषधि ल्याएको थियो ।
यसअघि अस्ट्रेलिया गएको निगमको जहाज पनि आज साँझ काठमाडौं फर्किने छ ।