निगमको अस्ट्रेलिया उडानः एजेन्टलाई कमिसन नदिन मन्त्री भट्टराईको ठाडो निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 01:28:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अस्ट्रेलिया उड्दा नियतबस एजेन्ट घुसाईएको भनेर आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्ेटराईले कमिसन रोक्न निर्देशन दिएका छन् । मन्त्रिको निर्देशनसँगै निगमले अस्ट्रेलियामा गरेको चार्टर उडानमा एजेन्टका रुपमा काम गरेको ‘बोन ट्राभल्स’को कमिसन रोकिएको छ ।

मन्त्री भट्टराईले तत्काल कसिमन नदिन निर्देशन दिँदै एजेन्टको विषयमा तथ्यसहित प्रष्ट पार्न निगमको नेतृत्वलाई निर्देशन दिएका छन् । 

अस्ट्रेलियन दूतावासले अस्ट्रेलियन र न्युजिल्यान्डका गरी जम्मा २७४ नागरिकलाई स्वदेश फिर्ता गर्न निगमको वाइडबडी जहाज चार्टर गरेको थियो । निगमको वाणिज्य विभागका अनुसार दूतावासले निगमलाई पठाएको पैसा आईसकेको छ । काठमाडौं–अस्ट्रेलिया–काठमाडौं उडानबापतको ४ लाख ३९ हजार २ सय डलर र यात्रुको करसमेत गरी ५ करोड ४९ लाख १५ हजार नेपाली रुपैयाँ निगमले पाईसकेको छ । निगमले प्रतिघण्टा १८ हजार १ सय डलर शुल्क लिएको छ ।

निगमका निमित्त महाप्रवन्धक गणेशबहादुर चन्दले बोन ट्राभल्सले एजेन्टका रुपमा काम गरेबापत पाउनुपर्ने ५ प्रतिशत रकम अर्थात् २७ लाख ४५ हजार ७७० रुपैयाँ भूक्तानी गरिएको छैन । निगमले भने दूतावासले नै चार्टर उाडनमा सहजीकरण गर्न भन्दै बोन ट्राभल्सलाई एजेन्टका रुपमा नियुक्ति गरेको पत्र पठाएको दाबी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved