आन्तरिक उडान सञ्चालनको तयारी, कस्तो होला मोडालिटी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 25, 2020 | 01:24:00 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको जोखिम बढ्न नदिन सरकारले ‘लकडाउन’को नीति लिँदा अन्तराष्ट्रिय र आन्तरिक उडान दुबै स्थगित छन् । लकडाउनकै बीचमा हुने चार्टर र उद्वारका उडान पनि अहिले भएका छैनन् । बैशाख १८ सम्म आन्तरिक र बाह्य दुबै उडान स्थगित छन् । 

बैशाख १८ पछि के होला ?

लकडाउन थपिने प्राय निश्चित छ । मोडालिटी फेरेर भएपनि सरकारले कम्तीमा एक हप्ता लकडाउन लम्ब्याउने छ । तर लकडाउन लम्बिएपछि अन्तराष्ट्रिय उडानमा जारी रहेको स्थगित थप हुनेछ । यद्यपी आन्तरिक उडानमा रहँदै आएको स्थगित भने बैशाख १८ पछि केही खुकुलो हुने भएको छ । 

स्थल मार्गमा चल्ने सवारी साधन बन्द रहेको अवस्थामा हवाई उडान पनि बन्द रहँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने भन्दै सरकारले आन्तरिक उडान भने मापदण्ड बनाएर खोल्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि मापदण्ड बनाएर आन्तरिक उडान खोल्नेबारे छलफल थालेको छ । 

सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको अवधि बैशाख १५ सम्म छ । मन्त्रिपरिषद्को आगामी बैठकले लकडाउनको अवधि कति थप गर्ने वा नगर्नेबारे निर्णय गर्नेछ । तर उड्डयन प्राधिकरणले भने बैशाख १८ पछि आन्तरिक उडान खोल्दै जाने विषयमा छलफललाई तीब्रता दिएसँगै सो मितिपछि आन्तरिक उडान लम्बिने सम्भावना निकै कम छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले हवाई उडान खुला गर्दा अपनाउनुपर्ने मापदण्डबारे सरोकारवालासँग छलफल भइरहेको जानकारी दिएका छन् । उनका अनुसार पर्यटन मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वायुसेवा सञ्चालक संघबीच मापदण्ड तय गर्नेबारे छलफल चलिरहेको छ । 

‘आन्तरिक हवाई उडान कहिलेदेखि खुला गर्ने भन्नेबारे मिति नै त तय भएको छैन, यो मन्त्रिपरिषद् वा उच्चस्तरीय समन्वय समितिले गर्ने हो’ प्राधिकरण स्रोतले भन्यो, ‘तर अब आन्तरिक उडान बन्द गरिराख्नु हुँदैन भन्नेमा सबै क्षेत्र एकमत छन् । उडान खुला गर्दा कसरी व्यवस्थापन गर्ने भनेर अहिले छलफल भईरहेको छ ।’ 

लाइसेन्स नवीकरणको समय थप

नेपाल नागरिक उड्डयन प्राधिकरणले पाइलट, इन्जिनियर र एयर ट्राफिक कन्ट्रोलर लगायतको लाइसेन्स नवीकरणको समय थप गरेको छ । प्राधिकरणले मे महिनाभर नवीकरण गर्न सक्ने गरी समय थपेको हो । प्राधिकरणका उप–महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)सँग समन्वय गरेर लाइसेन्स नवीकरणको समय सिमा थप गरिएको हो ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्ससहित नीजि क्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरुले प्राधिकरणसँग पाइलट, एयरहोस्टेज, प्राविधिकलगायतको लाइसेन्स नवीकरणको समय थप गर्न माग गरेका थिए । 

प्राधिकरणका अनुसार ३ सय बढी पाइलट, ३ सय बढी इन्जिनियरले प्राधिकरणबाट विभिन्न समयमा लाइसेन्स प्राप्त गरेका छन् । एयरहोस्टेज, मेडिकल र अन्य प्राविधिक जनशक्ति पनि नेपालको उड्डन क्षेत्रमा धेरै छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved