बिहिबारका लागि तय भएको निगमको कोरिया उडान स्थगित, यस्तो छ कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2020 | 12:28:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सको बिहीबार हुने भनिएको दक्षिण कोरियाको चार्टर उडान स्थगित भएको छ । नेपाली कामदार लिएर बिहीबार दक्षिण कोरिया जाने अन्तिम तयारीमा रहेपनि जान चाहाने सबैको स्वास्थ्य परीक्षण गरेर मात्रै कामदार पठाउन अनुरोध आएपछि तत्कालका लागि उडान रोकिएको हो । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोरिया सरकारले सबै नेपालीको स्वास्थ्य जाँचपछि मात्रै पठाउन अनुरोध गरेको भन्दै जानकारी पठाएपछि उडान स्थगित भएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिईन् । अब यात्रुको स्वास्थ्य जाँच पछि मात्रै स्वस्थ रिपोर्ट आएकाहरु मात्रै जान पाउनेछन् । उडानको अर्को तालिका केही दिनमै तय हुने निगमले जनाएको छ ।

कोरियन भाषा परीक्षा (ईपीएस) पास गरेका नेपालीलाई लकडाउनकै अवधिमा पठाउने सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved