मन्थली–लुक्ला कार्गो उडान सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2020 | 10:47:45 AM मा प्रकाशित

laxmi  sunrise bank

मन्थली–लुक्ला कार्गो उडान सुरु भएको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन जारी गरेको लकडाउनका कारण आन्तरिक र बाह्य उडान बन्द रहेको अवस्थामा सरकारले मन्थली–लुक्ला उडान भने खुलाएको हो । 

पर्यटक बोकेर नभई कार्गो उडान सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरण स्रोतका अनुसार सोलुखुम्बु क्षेत्रमा निर्माणाधिन विकासका आयोजनाहरुका लागि निर्माण सामग्री अभाव नहोस् भन्नका लागि मन्थली–लुक्ला उडान सुचारु गरिएको हो । सरोकारवालासँग छलफल गरेर उडानलाई नियमित गरिने प्राधिकरण स्रोतको भनाई छ ।

मन्थलीबाट लुक्ला उडान सकेसम्म पहिलाको जस्तै कार्गो र तत्काल त्यो सम्भव नभए चार्टर्ड उडानबाटै निर्माण सामग्री पठाउनेबारे सरोकारवालासँग छलफल भएको थियो । शुक्रबारबाट कार्गो उडान सुरु गरिएको र मध्यान्ह १२ बजेपछि पनि मौसमका कारण उडान हुन सक्ने अवस्था नरहेको प्राधिकरणले जनाएको छ । आइतरबार पनि लुक्लाको मौसमका कारण उडान हुन सकेको छैन । तर अब मन्थली–लुक्ला उडान भने नियमित जस्तै गरी हुने प्राधिकरणले जनाएको छ । 

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा पनि यसबारे छलफल हुने बताईएको छ । सरकारले आन्तरिक तथा बाह्य उडान जेठ १८ सम्म स्थगित गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved