२४ घण्टा नै सेवा दिन तयार भयो त्रिभुवन विमानस्थल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 07:04:06 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उडानको तयारी अवस्थामा आएको छ । कोरोना भाइरसका कारण लकडाउन जारी रहँदा बन्द रहेको विमानस्थलमा सामाजिक दूरी कायम गराएर उडान भर्न सबै प्रक्रिया तयारी पूरा भएको छ । विमानस्थलका भौतिक संरचनाहरु सोही अनुसार निर्माण गरिएका छन् ।

विमानस्थलमा यात्रुहरु कम्तीमा एक मिटरको दूरीमा उभिनुपर्ने व्यवस्था मिलाईएको छ । विमानस्थल भित्र कर्मचारी र यात्रुबीच पनि एक÷एक मिटरको दूरी कायम गराउने गरी मार्किङ गरिएको छ । यात्रु उभिने ठाउँ र कर्मचारी उभिने ठाउँको बीचमा पनि निश्चित दूरी कायम गर्ने प्रवन्ध मिलाईएको छ । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार विमानस्थल सुरक्षा प्रवन्ध मिलाएर सेवा दिने अवस्थामा आईपुगेको छ । 

यसैबीच लकडाउनकै मौका पारेर विमानस्थलको धावनमार्ग पनि विस्तार गरिएको छ । ३ हजार मिटर लम्बाई रहेको त्रिभुवन विमानस्थलको धावनमार्ग ३ सय मिटर लम्ब्याएर ३३ सय मिटर पुर्याइएको छ । धावनमार्ग विस्तारका लागि ८४ करोड रुपैयाँ लागेको छ । यो रकम एशियाली विकास बैंक (एडीबी) ले उपलब्ध गराएको ऋण सहायतामार्फत बनेको हो । विमानस्थलको धावनमार्ग विस्तार गरी अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्ड अनुसार पुयाईएको विमानस्थलको दाबी छ । 

योसँगै आन्तरिकतर्फ पनि १२० करोड लागतमा टर्मिनलसहितका नयाँ संरचना बनेका छन् । आन्तरिक टर्मिनल भवन अत्याधुनिक बनाईएको छ । बुटिक विमानस्थलको अवधारणा अनुरुप आन्तरिक टर्मिलन भित्र नेपाली संस्कृति झल्किने तस्बिरहरुले सिँगारिएको छ ।

लकडाउनकै बीचमा विमानस्थलको विमान पार्किङ क्षेत्र पनि तयार भएको छ । यसअघि ३ वटा वाइडबडी मात्रै पार्किङ गर्न सक्ने क्षमता रहेकोमा अब थप २ वटा वाइडबडी हजाज पार्किङ गर्न सक्ने क्षमता थपिएको छ । 

५९ करोड लागतमा पार्किङ क्षेत्र विस्तार भएसँगै अब एकै पटकमा ५ वटा ३३० एयरबस पार्किङ गर्न सकिने भएको छ । यसअघि ९ वटा जहाज मात्रै पार्किङ क्षमता रहेकोमा २ वटा जहाज अट्ने क्षत्र थप भएपछि जहाज पार्किङ क्षमता ११ पुगेको छ । 

ल्कडाउन अघि दैनिक २१ घण्टा सञ्चालनमा रहेको त्रिभुवन विमानस्थल अब २४ सै घण्टा चलाउन सकिने अवस्थामा पुगेको विमानस्थलका महाप्रवन्धक केसीको दाबी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved