लकडाउनमा निगमका २३ अन्तर्राष्ट्रिय उडान, कुन देशमा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2020 | 01:53:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वाय्ुसेवा निगमले लकडाउनपछि २३ वटा अन्तर्राष्ट्रिय उडान गरेको छ । निगमका जहाजले लकडाउनको अवधिमा ९ वटा कार्गो उडान गरेका छन् भने बाँकी यात्रु बोकेर चार्टर उडान गरेका छन् । निगमका जहाजले चीनका सहरबाट मेडिकल सामग्री ल्याइएका छन् । 

नेपालमा अलपत्र विभिन्न देशका नागरिक फर्कान सम्बन्धित देशका दूतावासमार्फत १४ वटा उडान भएको निगमले जनाएको छ । निगमले सबैभन्दा बढी उडान जापानमा गरेको छ । लकडाउनको अवधिमै निगमले जापानमा ७, हङकङमा ३, अष्ट्रेलियामा २, नयाँ दिल्लीमा र ढाँकामा एक÷एक उडान गरेका छन् । निगमले अष्ट्रेलियामा भने पहिलो पटक सिधा उडान गरेको हो ।

निगमले लकडाउनकै बीचमा ११ पटक आन्तरिक चार्टर्ड उडान गरेको बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved