छुर्पी लिन काठमाडौँ आयो एयर अरेबिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2020 | 01:20:55 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार दिउँसो १ बजेसम्म काठमाडौँ आकाशमा ३ वटा जहाज देखिए । यीमध्ये २ वटा अन्तराष्ट्रिय र एउटा आन्तरिक थियो । आन्तरिक जहाज नेपालगञ्जबाट काठमाडौँ आएको जहाज आन्तरिक क्रु मेम्बर (चालक दलका सदस्य) लिन आएको आएको हो ।  आन्तरिक तर्फ अहिले रेस्क्यु उडान भईरहेका छन् भने फाट्टफुट्ट चार्डर उडान पनि भईरहेका छन् । 

आज नेपाली आकाशमा देखिएको चीनबाट आएको जहाज भने काठमाडौँमा अवतरण गर्न आएको होइन । नेपालको अनुमतिमा सगरमाथा क्षेत्रको सर्भेय गर्नका लागि नियमित रुपमा चिनियाँ जहाज उडिरहेको छ । आज नेपाली आकाशमा देखिएको चिनियाँ जहाज पनि सोही निरन्तरता भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

काठमाडौँमै अवतरण गर्न संयुक्त अरब इमिरेट्स (यूएई) बाट एयर अरेबियाको जहाज आएको छ । यूएईबाट मेडिकल सामग्री लिएर चार्डर उडानमार्फत काठमाडौँ आएको उक्त जहाज फर्किदा छुर्पी लिएर जानेछ । छुर्पी लिएर जानकै लागि बेला बेला चार्डर जहाज आउने गरेको विमानस्थलले जनाएको छ । नेपालबाट डग फुड (कुकुरको खाना) का लागि भनेर छुर्पी निर्यात हुँदै आएको छ ।

‘उताबाट सामान जम्मा गरेर लिएर आएको हो’ विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले भने, ‘यताबाट पनि केही सामान जम्मा गरेर लैजान्छ । यसरी आउने जहाजले विशेष गरी छुर्पी लिएर जाने गर्छन् ।’

यसरी फर्किने जहाजले हरियो तरकारी पनि लिएर जाने गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved