नेपाल एयरलाइन्सको माल्दिभ्समा हुने उडान रद्ध भएको छ । त्यहाँ रहेका नेपालीहरुलाई ल्याउनका लागि असार एक गते माल्दिभ्समा नेपाल एयरलाइन्सको चार्टर्ड उडान निश्चित भए भनि रद्ध भएको हो ।
श्रीलंकास्थित नेपाली राजदुताबासले असार एकका लागि नेपाल एयरलाइन्सको चार्टर्ड उडान निश्चित भएको सूचना मार्फत जानकारी गराएको थियो । दुताबासका अनुसार उडान तयारी पुरा नभएको भन्दै तत्कालका लगि उक्त उडान स्थगन भएको हो । २७८ जनालाई ल्याउन उक्त उडान हुन लागेको थियो ।
असार दुई गतेका लागि माल्दिभ्सबाट तय भएको हिमालय एयरलाइन्सको उडान भने स्थगन नभएको जनाइएको छ । उक्त उडानका लागि १५० जना यात्रुको नाम तय भएको जनाइएको छ ।