विदेशबाट नेपालीको उद्दार गर्दा लाग्ने हवाई भाडा घट्यो, कहाँको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2020 | 08:31:00 PM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न देशबाट नेपालीको उद्वार गर्न तय भएको भाडादर सरकारले समायोजन गरेको छ । साउदी अरब, बहराइन, कुवेत, मलेसिया, कतार, जोर्डन, साइप्रस, दुबई र ओमनबाट नेपालीको उद्वार गर्न यसअघि तय भएको भाडा सरकारले घटाएको हो । 

पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल वायु सेवा निगमका अधिकारीहरुसँग छलफल गरेर भाडा घटाएका हुन् । मलेसियाबाट नेपालीको उद्वार गर्दा यसअघि ४६५ अमेरिकी डलर भाडा तय भएपनि अब घटेर ३७२ डलर कायम भएको छ । 

कतारको दोहाबाट फर्किनेको लागि ९८ डलर घटाएर ३९२ डलर कायम गरिएको छ । 

दुबईको भाडा ४५० डलरबाट घटाएर ३७२ डलरमा झारिएको छ भने साउदी अरबको ५३० डरबाट ४३० डलर कायम भएको छ । साउदीस्थित जेहादको भाडा ६९० डलरबाट घटाएर ५९० डलर कायम गरिएको छ । साउदीकै रियादको भाडा पनि ५६५ डलरबाट ४६५ मा झारिएको पर्यटन मन्त्रालयले जनाएको छ । 

ओमनको मस्कटबाट नेपाली फिर्ता ल्याउन यसअघि ४६० अमेरिकी डलर भाडा लाग्ने भनिएपनि अब ३६८ डलर मात्रै लाग्ने भएको छ । यसअघि ४९० डलर तोकिएको बहराइनको भाडा ९८ डलर घटाएर ३९२ डलर कायम भएको छ । त्यस्तै ५१० डलर रहेको कुवेतको भाडा ४१० डलर कायम भएको छ । साइप्रसको भाडा यसअघि ८३० डलर रहेकोमा १ सय डलर घटाइएको छ । जोर्डनको भाडादर १०० डलर घटाएर ६७५ डलर कायम भएको छ ।

हिमालयन एयरलाइन्सले पनि भाडा घटाएर उक्त दरमा नेपाली ल्याउने तयारी गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved