नेपाली लिन साउदी नजाने भयो हिमालय एयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2020 | 10:52:18 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय एयरलाइन्सले आफ्नो पहिलो उद्वार उडान स्थगित गरेको छ । साउदी अरबको दमामबाट नेपालीको उद्वार गर्न सोमबारका लागि तय भएको चार्टर्ड उडान स्थगित भएको छ ।

साउदीस्थित नेपाली दूतावासका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि उडान रोकिएको हो । उडान स्थगितको कारण खुलाईएको छैन ।

सरकारले शनिबार मात्रै यसअघि कायम भएको उद्वार उडानको भाडा बढी भएको भन्दै भाडादर घटाएको थियो । 

साउदीबाट जुन १८ मा नेपाल एयरलाइन्सले उडान गर्दैछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved