बढी भाडा लिन खोजेपछि एयर अरेबियालाई काठमाडौँ आउन रोक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2020 | 06:59:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले एयर अरेबियाको नेपाल उडान रोकिँदिएको छ । तोकिएको भाडा दरभन्दा बढी भाडा लिएर आउन खोजेपछि संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले एयर अरेबियाको उडान रोकिदिएको हो ।

अरबियाले दुवई–काठमाडौँ उडानका लागि ५ सय अमेरिकी डलरभाडा लिएर उडान गर्ने प्रस्ताब लिएर मन्त्रालयमा आएपछि मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सको भन्दा महँगो प्रस्ताव स्वीकार गर्न नसकिने भन्दै उडान अनुमित नदिएका हुन् । मन्त्री भट्टराईले नेपालीहरुको उद्धारको लागि नेपाल एयरलाइन्सले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सस्तोमा पनि उडान भर्न तयार भएकाले अन्य वायु सेवा प्रदायक कम्पनीले उडान गर्न चाहे नेपाल एयरलाइन्सको भन्दा सस्तो दरमा उडान भर्नुपर्ने बताए । 

नेपाल एयरलाइन्सको दुबई–काठमाडौँ भाडादर भने ३६० डलर कायम गरिएको छ । एयर अरवियाले भने जुन ५ मा १६८ जना र एक जना बच्चालाई ५०० डलरमा दुवईबाट काठमाडौँ लिएर आएको थियो ।

यस्तो छ एयर अरेबियाको प्रस्तावः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved