बिजपाटी समाचार प्रभावः जजिराले पायो सित्तैमा नेपालीको उद्दार गर्ने अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2020 | 02:02:43 PM मा प्रकाशित

laxmi  sunrise bank

कुवेतको जजिरा एयरले काठमाडौँ उद्दार उडानको अनुमति पाएको छ । कुवेतमा जेल सजाय भुक्तान गरिरहेकाहरुलाई कुवेत सरकारले लकडाउनका कारण आम माफी दिँदा माफी पाएका नेपालीलाई जजिरनले जुन ११ र १२ तारिखमा ३ वटा उडानमार्फत काठमाडौँ ल्याएको भएपनि थप उडानको अनुमति पाएको थिएन । 

कुवेतबाट नेपाली महिला कामदारलाई निशुल्क काठमाडौँ ल्याउन खोज्दा थप उडान अनुमति नपाएको जजिराको गुनासो आएपछि बिजपाटी डटकमले असार १ गते सोमबार नेपालीलाई सित्तैमा ल्याइदिन्छु भन्दापनि जजिराले पाएन थप उडानको अनुमति शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

समाचार प्रकाशित लगत्तै जजिराले जुन १७ देखि जुन २१ सम्म दैनिक एउटा उडान गर्ने अनुमति पाएको हो ।

अब जजिराले जुन २१ तारिखसम्म कुवेत सरकारको मद्दतमा रविचन्द्र सिंहको ‘सोसाईटी इन्टरनेशनल ट्राभल’ मार्फत दैनिक १५० जना नेपालीलाई कुवेतबाट  निशुल्क काठमाडौँ ल्याउनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved