सरकारले तोकेको उद्दार उडानको भाडा १९० डलर महँगो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2020 | 01:40:59 PM मा प्रकाशित

laxmi  sunrise bank

हाल सरकारले विदेशमा अलपत्र नेपाली नागरिकको उद्दार गर्ने काम जारी राखेको छ । अनेकन विवाद झेल्दै भएपनि सरकार उद्दारमा लागेको छ । विभिन्न देशबाट मानिसहरुलाई काठमाडौँ ल्याएर सम्बन्धित जिल्लामा पठाई पनि सकिएको छ । 

तर सरकारले विभिन्न देशबाट नेपालीको उद्दार गर्दा लाग्ने भाडादरमा भने अझै स्पष्ट हुन सकेको छैन । जेठ २९ गते एउटा भाडादार सार्वजनिक गरेको पर्यटन मन्त्रालयले जेठ ३१ गते अर्को भाडादर निकाल्यो ।  जेठ ३१ गते सार्वजनिक भएको नयाँ भाडादर खाडीका देशबाट हुने उद्दार उडानका लागि थियो । तर युरोप र अमेरिका सहितका देशमा भने जेठ २९ गतेकै भाडादर कायम छ । 

सरकारले तोकेको भाडा १९० डलर महँगो

बेलायतबाट जुन २४ र जुन २६ तारिखमा उद्दार उडान हुँदैछ । कुवेतको जजिरा एयरले बेलायतबाट जुन २४ अर्थात् असार १० गते १५८ जना यात्रु बोकेर काठमाडौँ आउँदैछ । बेलायतस्थित नेपाली राजदूतावासले लण्डन–काठमाडौँ चार्टड उडान, उडान तालिका र हवाइ भाडादर तय भएको भन्दै प्राथमिकताका आधारमा पहिलो चरणमा १५८ जना नेपालीलाई स्वदेश फर्काइने बताएको छ ।

नेपाल सरकारले लण्डन–काठमाडौँ भाडादर १ हजार ३४० अमेरिकी डलर तोकेको छ । तर जजिरा एयरले भने १ हजार १५० डलरमा नै ल्याउने भएको छ । जजिरा एयरको नेपालस्थित एजेन्टका अनुसार ११ सय ५० डलर भाडा लिँदा पनि लण्डन–काठमाडौँ यात्रु उडान र काठमाडौँ–लण्डन खाली उडान गर्दा एयरलाइन्स नाफामै हुन्छ । 

जजिराले लण्डनबाट काठमाडौँ उडान गर्दा लिने भनेको ११ सय ५० डलर सरकारले तोकेकोभन्दा १९० डलर कम हो । सरकारकाले तोकेकोभन्दा १९० डलर कम भाडा लिएर यात्रु बोक्दा पनि सामानय नाफा रहने कम्पनीको भनाई छ ।

‘अब हुने उडानमा भाडा घटाउँछौ’

सरकारले तोकेकोभन्दा कम भाडा लिएर जजिरा एयरले लण्डनबाट काठमाडौँसम्म यात्रु ल्याउने भनेपछि सरकारले यसअघि आफूले तोकेको भाडादर समायोजन गर्ने संकेत गरेको छ । नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ जजिराले यु.के. बाट ११ सय ५० डलरमा उद्दार उडान गर्ने भनेपछि भोलीका दिनमा अरु एयरलाइन्सले लण्डन–काठमाडौँ उडान गर्नुपर्ने भयो भने जजिराले उडान गरेकै मूल्यमा काठमाडौँ आउन बाध्य पारिने बताउँछन् । 

‘पहिला नियमित उडान गर्दै आएका गन्तव्यमा चार्टड उडान गरेर जाँदा सस्तो पर्छ, तर पहिला उडान नगरेका गन्तव्यमा जाँदा एयरपोर्ट चार्ज नै महँगो पर्छ, त्यसैले जजिराले सस्तोमा लण्डन–काठमाडौँ उडान गर्न सक्ने भएको हो’ उनले भने, ‘अब जजिराले तोकेको भन्दा कम भाडामा नै उडान गर्न सक्छ भने भोलीका दिनमा अरु कम्पनीका जहाज जानुपर्ने अवस्था आयो भने ११ सय ५० डलरबाट नबढ्ने गरी जान लगाउँछौ ।’ 

बेलायतमा रहेका नेपाली नागरिक लिन नेपाल एयरलाइन्स भने नजाने भएको छ । 

अनुमति दिन आनाकानी

यसअघि कुवेतबाट नेपाली नागरिकको निशुल्क उद्दार गरेको जजिरा एयरले सस्तोमा सेवा दिन खोज्दा पनि अनुमति पाउन भने मुस्किल परेको गुनासो गरेको छ । यसअघि पनि जुन ११ र १२ तारिखमा उडान पश्चात अनुमति पाएको थिएन । तर जुन १७ देखि जुन २१ सम्म दैनिक एक एक उडानको अनुमति पाएको थियो । 

लण्डन–काठमाडौँ उडान अनुमतिका लागि पनि जजिराले अनुमति भने पाईसकेको छैन । तर दूतावासले भने सबै प्रक्रिया सकिएको भन्दै टिकक काट्न सम्पर्क व्यक्ति नै किटान गरिसकेको छ । यता जजिराका अपरेशन विभाग प्रमुख अनिश काफ्लेले भने सबै प्रक्रिया सकिएको भएपनि अनुमतिको अन्तिम पत्र भने आइनसकेकाले अहिले नै टिकट काट्न नसकिने बताएका छन् । 

दूतावासको सूचनाः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved