लकडाउनमा पर्यटन तथा हवाइ क्षेत्रले गुमायो ३४ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2020 | 01:21:16 PM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनका कारण पर्यटन तथा हवाइ क्षेत्रले अर्बौ रुपैयाँको क्षति पुगेको छ । गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण पर्यटन तथा हवाइ क्षेत्रमा हालसम्म ३४ अर्ब नोक्सानी पुगेको संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । 

मन्त्रालयलका अनुसार लकडाउन भएको समयदेखि पर्यटन क्षेत्रमा हरेक महिना १० अर्ब रुपैयाँको दरले क्षति पुगेको छ । सरकारले जारी स्वरुपकै लकडाउन साउन ७ गतेसम्म कायम राख्ने निर्णय गरेकाले त्यस समयमम्म थप ७ अर्ब नोक्सनी पुग्ने मन्त्रालयले जनाएको छ । 

पर्यटन तथा हवाइ क्षेत्रको नोक्सानी अध्ययन गर्न नपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले अध्ययन कमिटि गठन गरेको थियो । उक्त समितिको प्रतिवेदनले क्षति तथा नोक्सानीको यस प्रकारको विवरण दिएको मन्त्रालयले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved