लकडाउनको अवधिमा १ हजार ८२९ जना पर्यटकको उद्दार भएको छ । सरकारले हेलिकप्टर तथा जहाजबाट ६११ विदेशी पर्यटक तथा ३३९ जना नेपाली पर्यटकहरुको उद्दार गरेको हो । त्यस्तै स्थल मार्ग (बस) मार्फत ८ सय ७९ जनाको उद्दार गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हेलिकप्टरबाट ३५ विदेशी तथा ५१ नेपाली पर्यटकको उद्दार गरीएको छ भने फिक्स्ड विङ जहाजबाट ५७६ विदेशी तथा २८८ नेपाली पर्यटकको उद्दार भएको छ ।