शुक्रबार ६ उडानमार्फत ९१७ नेपालीलाई काठमाडौँ ल्याईयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2020 | 06:03:32 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार ६ वटा उडानमार्फत विभिन्न देशबाट ९ सय १७ जनालाई काठमाडौँ ल्याईएको छ । नेपालका २ वायुसेवा कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित ५ विमान कम्पनीका ६ जहाजमार्फत विदेशमा रहेका नेपालीको उद्दार कार्यत्रलम अन्तर्गत उनीहरुलाई काठमाडौँ ल्याईएको हो ।

आज नेपाल एयरलाइन्सको जहाजमार्फत कतारको दोहाबाट १४५ जना, हिमालय एयरमार्फत आवुधाबीबाट १४२ र नेपाल एयरलाइन्सकै जहाजमार्फत दुबईबाट १४७ जनालाई काठमाडौँ ल्याईएको हो । मलेशियाको क्वालालम्पूरबाट मालिण्डो एयरमार्फत १७६ जना, दोहाबाटै कतार एयरमार्फत १४० जना र सारजाहबाट एयर अरेबियाको जहाजमार्फत १६७ जनालाई काठमाडौँ ल्याईएको हो ।

कतार एयरवेज भने २४८ जना यात्रु र ४ जना बच्चाहरु बोकेर फर्किएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved