आइतबार ८८४ नेपालीको उद्दार, नेपाल एयरलाइन्सका २ उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2020 | 06:23:25 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार विभिन्न देशबाट ८८४ जना नेपालीको उद्दार गरिएको छ । आज ३ वटा विमान कम्पनीका ६ उडानमार्फत ८८४ जना नेपालीको उद्दार गरिएको हो । आज अन्तराष्ट्रिय उडानमार्फत आएका ६ जहाजमध्ये हिमालय एयरका मात्रै ३ उडान भएका छन् । 

आज नेपाल एयरलाइन्सले बहराइनबाट १४४ जना नेपालीको उद्दार गरेर काठमाडौँ ल्याएको छ । हिमालय एयरलाइन्सले दमामबाट १५४ जना, मनिलाबाट १०८ जना र क्वालालम्पूरबाट १५६ जनालाई काठमाडौँ ल्याएको छ । दुबईबाट फ्लाई दुबईको जहाजमार्फत १६० जनालाई काठमाडौँ ल्याईएको छ । जापानको नारीताबाट १६२ जनालाई नेपाल एयरलाइन्सको जहाजमार्फत उद्दार गरिएको छ ।

यसैबीच आजै नेपाल एयरलाइन्सको जहाज १०३ जना यात्रु बोकेर काठमाडौँबाट दुबई उडेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved