बिजपाटी सम्बाददाता     Jul 15, 2020 | 06:57:08 PM


tansen

आज विदेशबाट ५ उडानमार्फत नेपालीको उद्दार गरिएको छ । सिल्क एयरले सिंगापूरबाट १४९ जना (२ बच्चासहित), मलेशिया एयरलाइन्सले क्वालालम्पूरबाट १७ जना र एयर अ‍ेरेवियाले सारजाहबाट १६६ जना नेपालीलाई काठमाडौँ ल्याएको छ । त्यस्तै कतार एयरलाइन्सले दोहाबाट १४२ जना र फ्लाई दुबईले दुबईबाट १०५ जना नेपालीलाई काठमाडौँ ल्याएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । 

यसैबीच मलेशिया एयरलाइन्स ४० जना र एयर अरेविया ६ जना यात्रु बोकर आजै फर्किएका छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7