नेपाल एयरलाइन्सले गर्‍यो चिनियाँ जहाज नउडाउने निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2020 | 04:05:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चिनियाँ जहाजबाट व्यवसायिक उडान नगर्ने निर्णय गरेको छ । वर्षौदेखि थला परेको निगमले ग्राउण्डेड जहाज उडान गर्ने वा नगर्ने निर्णय गर्नुले खासै फरक भने पर्ने देखिँदैन । यी ६ जटा जहाजमध्ये एउटा मात्रै उड्दै आएको थियो । दुईवटा एमए६० मध्ये एउटा जहाज पहिले नै ग्राउण्डेड थियो । ४ वटा वाई१२ई मध्ये ३ वटा ग्राउण्डेड छन् भने एउटा जहाज नेपालगञ्जमा दुर्घटनामा परेर बसेको छ ।

तर निगमले ६ वटा चिनियाँ जहाजबाट उडान नगर्ने निर्णयको फेहरिस्त कारण भने देखाएको छ । निगमका एक बोर्ड सदस्यका अनुसार चिन सरकारबाट सहयोग स्वरुप प्राप्त २ वटा जहाज (एमए६० र वाइ१२ई) तथा सहुलियतपूर्ण कर्जा अन्तर्गत सरकारले किनेर निगमलाई दिएका ४ वटा जहाज (एम६० एउटा र बाँकी ३ वटा वाई१२ई) बाट नाफा आर्जन गर्न नसकेका कारण उडान नगर्ने निर्णय गरिएको हो ।

किन गरियो जहाज नउडाउने निर्णय ?

निगमले चिनियाँ जहाजबाट उडान नगर्ने निर्णय गर्नुपर्नाका ८ वटा कारण देखाएको छ । 

१) चिनियाँ जहाजको बीमा रकम अन्य जहाजहरुको तुलनामा ३५ प्रतिशतले बढी रहेको

२) चिनियाँ जहाज उडाउने पाइलटहरु उपलब्ध नहुने भएकाले आफैँले जनशक्ति उत्पादन गर्नु परेको । जुन निगमसँग हाल सञ्चालनमा रहेका एयरबस ३२० भन्दा महँगो रहेको

३) यी जहाजहरुको स्पेयर पार्टससमेत समान क्षमताका अन्य जहाजको तुलनामा ७५ प्रतिशत महँगो भएको

४) जहाजहरु ग्राउण्डेड भएपछि स्पेयर पार्टस अर्डर गर्दा अत्याधिक समय लाग्ने गरेको छ । अर्डर गरेको २ महिनासम्म पनि सामान प्राप्त गर्न नसकिएको

५) स्टल रुटमा प्रस्तावित जहाजहरुमा २५ प्रतिशतदेखि ६७ प्रतिशतसम्म पेलोड रेष्ट्रिक्सन रहेको

६) दुबै जहाजहरुको प्रशिक्षक पाइलटको अभाव रहेको तथा प्रशिक्षण खर्च अन्य समान जहाजको तुलनामा ४ गुणासम्म बढी रहेको 

७) एमए६० को सिमुलेटर तालिम खर्च अन्य जहाजको भन्दा ७८ प्रतिशत बढी तथा टाइप रेटिङ तालिम खर्च ३० प्रतिशतले बढी रहेको ।

८) एमए६० को इन्धन खर्च अन्य समान प्रकृतिको जहाजको तुलनामा दोब्बर र वाई१२ई को ५० प्रतिशतभन्दा बढी छ ।

हालसम्म कति नोक्सान भयो ?

निगम स्रोतका अनुसार यी जहाजबाट प्रतिवर्ष ३८ करोड रुपैयाँ नोक्सान हुँदै आएको छ । आर्थिक वर्ष २०७१/०७२ देखि २०७५/०७६ सम्म निगमले यी ६ वटा विमानबाट १ अर्ब ९० करोड रुपैयाँ घाटा ब्यहोरेको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा मात्रै ४३ करोडको हाराहारीमा नोक्सान ब्यहोर्नु परेको निगम स्रोतको भनाई छ । निगमकै तथ्यांक अनुसार हालसम्म यी ६ वटा चिनियाँ जहाजबाट २ अर्ब ३३ करोड घाटा भएको छ । 

महालेखा परीक्षकको कार्यालयले पनि २०७४/०७५ मा नै ९१ करोड ४५ लाख ६५ हजार ८२ रुपैयाँ खुद नोक्सान ब्यहोर्नु परेको प्रतिवेदन सार्वजनिक गरेको थियो । 

निगमको निर्णयपछि अब चिनियाँ जहाजहरु साउन १५ गतेबाट उड्ने छैनन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved