नेपाल एयरलाइन्सले हटायो १४५ जना कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2020 | 05:14:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सले १४५ जना कर्मचारीको करार सम्झौता नगर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा निगममा जम्मा १ हजार ४९१ जना कर्मचारी रहेकोमा ४७८ जना करार सेवामा थिए । यसअन्तर्गत सामान्य सेवा विभागमा १५५ जना, बिमान मर्मतमा १०९ जना, सामान्य प्राविधिक ३४ जना र उडान सञ्चालनमा १८० जना थिए ।

असार मसान्तमा करार अवधि सकिएका २२५ कर्मचारीमध्ये निगमले ८० जनाको नविकरण गरेको छ । बाँकीको नविकरण नगरिएको निगमले जनाएको छ । निगमले आफ्नो आम्दानीको मूल स्रोत ग्राउण्ड ह्याण्डलिङबाट हुने आम्दानी ९० प्रतिशत घटेका कारण खर्च कटौती गर्न करार अवधि सकिएका कर्मचारीको करार सम्झौता नविकरण नगरिएको प्रतिक्रिया दिएको छ ।

निगमले कोभिड–१९ पछि अवस्था सामान्य बनेपछ आवश्यक कर्मचारी भर्ना गर्नुपर्दा अहिले करार सम्झौता नविकरण नगरिएका कर्मचारीलाई प्राथमिकता दिईने जनाएको छ । निगम स्रोतका अनुसार १४५ जनाको करार सम्झौता नविकरण नगर्दा निगमको खर्च ५ करोड रुपैयाँ जोगिने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved