भौतिक दुरीको मापदण्ड बिना नै हवाई उडानको तयारी

पहिलो चरणमा सिमित गन्तव्य मात्रै खुल्ने
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2020 | 12:39:33 PM मा प्रकाशित

laxmi  sunrise bank

भदौ १ गतेबाट आन्तरिक र बाह्य हवाइ सेवा सुरु हुँदैछ । सरकारले भदौ १ बाट हवाइ उडान सञ्चालन गर्ने निर्णय गरेपछि वायुसेवा प्रदायक कम्पनीहरुले टिकट बुकिङ खुला गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र सम्बन्धित वायुसेवा कम्पनीहरुले हवाइ उडान सञ्चालनका लागि निर्देशिका बनाएका छन् ।

उडान खोल्ने भनिएपनि कुन कुन गन्तव्य खुला गर्ने भन्ने निक्र्यौल हुन बाँकी नै छ । पहिलो चरणमा खुला गर्ने गन्तव्यहरुको सूची तयार पार्न एउटा समिति बनाईएको छ । उक्त समितिले हाल खुलाउनै पर्ने गन्तव्यको सूची बनाउने काम गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उप–महानिर्देशकसमेत रहेका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । क्षेत्रीले दिएको जानकारी अनुसार समितिले खुला गर्न सिफारिस गरेका गन्तव्यमा मात्रै पहिलो चरणमा उडान गर्न दिईने छ ।

सबै आन्तरिक गन्तव्य खुलाइने 

प्राधिकरणले आन्तरिक उडान हुँदै आएका सबै गन्तव्य खुल्ला गर्ने तयारी गरेको छ । अन्तराष्ट्रिय उडान हुँदै आएका गन्तव्यमा भने जोखिमको अवस्था हेरेर विभिन्न चरणमा उडान खुलाईनेछ । 

‘आन्तरिक डेस्टिनेशनहरु सबै नै खुला गर्ने तयारीमा छौँ’ प्राधिकरणका एक अधिकारीले भने, ‘अन्तराष्ट्रियतर्फ भने कम जोखिम भएको गन्तव्यबाट पहिलो चरणमा उडान सुरु हुनेछ, भदौ १ गते ५ गतेसम्म हुने उडान हेरेर भदौ ५ गते फेरि बैठक बसी आवश्यक निर्णय लिईनेछ ।’ 

समितिमा भएका छलफल तथा सहमतिहरुः


उनका अनुसार उडान खुलेपनि तत्कालै सबै अन्तराष्ट्रिय गन्तव्यहरुमा भने उडान हुने छैन ।

जहाजभित्र समाजिक दूरी कायम गर्न नपर्ने

पहिलो चरणमा खुल्ने गन्तव्यमा उडान गर्दा यात्रा गर्ने यात्रुहरुले सामाजिक दूरी कायम गर्न नपर्ने भएको छ । सिमित गन्तव्यमा मात्रै उडान खोलिने भएकाले स्वास्थ्य मन्त्रालय र प्राधिकरणले जारी गरेको निर्देशिका पूर्ण पालना गरेर पूरै सिटमा यात्रु राखेर वायुसेवा कम्पनीहरुले उडान गर्न सक्नेछन् ।

‘केही गन्तव्यमा मात्रै उडान खला गरिने भएकाले पुरै सीटमा यात्रु राखेर उडान गर्न दिनेबारे छलफल भइरहेको छ’ उपमहानिर्देशक क्षेत्रीले भने, ‘दूरी कायम गर्दा आधार सिटमा मात्रै यात्रु राख्नुपर्ने हुन्छ, सिट संख्या बटाउँदा भाडा बढ्ने भएकाले भाडा नबढोस् भनेर पूरै सिटमा यात्रु राख्न दिनेबारे समितिमा पनि छलफल भईरहेको छ ।’ 

स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) अनुसार उडान हुने भएकाले संक्रमण हुन नदिन सबै किसिमका मापदण्ड पालना गराईनेको उनको भनाई छ । अहिले हवाइ इन्धनको मूल्य केही मात्रामा घटेको र सरकारले हवाइ इन्धनमा लाग्दै आएको पूर्वाधार करसमेत बजेटमार्फत खारेज गरिदिएका कारण हवाइ भाडा सस्तो हुने प्राधिकरणको भनाई छ ।

यस्तो छ स्वास्थ्य मापदण्ड

यात्रुहरुलाई मास्क अनिवार्य गरिएको छ । विमानस्थलमा सामाजिक दूरी कायम हुने गरी यात्रु उभिने ठाउँहरु बनाईएका छन् । १००.४ डिग्री ज्वरो आएका, स्वाद थाहा नपाउने, श्वास प्रश्वासमा समस्या भएका व्यक्तिले भने यात्रा गर्न पाउने छैनन् । 

प्राधिकरणले गर्भवती महिला र ७० वर्षमाथिका बृद्धबृद्धालाई सकेसम्म हवाइ यात्रा नगर्न पनि अनुरोध गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved