हवाई उडान खुलेपनि विदेशी पर्यटकलाई भिसा नदिईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 08:58:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले तत्काल विदेशी पर्यटकलाई अनअराइभल भिसा नदिने भएको छ । सरकारले भदौ १ गतेबाट व्यवसायिक हवाई उडान सुरु भएपनि गैरआवासीय नेपाली र विदेशी पर्यटकलाई तत्काल अनअराइभल भिसा नदिने भएको हो ।

बिहीबार परराष्ट्र, गृह, स्वास्थ्य र पर्यटनमन्त्रीसहित सम्बन्धित मन्त्रालयका सचिवहरु बीचको छलफलले अनअराइभल भिसा नदिने निर्णय गरेको स्रोतले बताएको छ । तत्काल प्रवेश नदिने सहमति भएपनि निश्चित मापदण्ड तयार भएपछि भने प्रवेश दिईने सहमति भएको बताईएको छ । तर कुन प्रोटोकलका आधारमा प्रवेश गर्न दिने भन्ने निर्णय भइसकेको छैन । यस विषयमा भोली शुक्रबार थप छलफल हुने बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved