दुई ठूला अन्तराष्ट्रिय विमानस्थल निर्माणमा साढे १७ अर्ब बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 11:21:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले दुई ठूला अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि साढे १७ अर्ब बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा क्यानले उक्त विमानस्थलका लागि १७ अर्ब ४८ करोड ९६ लाख बजेट विनियोजन गरेको हो । 

निर्माणको अन्तिम चरणमा पुगेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि विभिन्न शिर्षकमा ६ अर्ब ४५ करोड तथा पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि ११ अर्ब बजेट छुट्याएको छ । 

विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुअव्जा वितरणका लागि २ अर्ब १६ करोड ८३ लाख बजेट छुट्याएको छ । यसैगरी धावनमार्ग तथा टर्मिनल भवन निर्माणका लागि ३ अर्ब २८ करोड ३ लाख, विमानस्थल सञ्चालनका लागि आवश्यक यन्त्र तथा उपकरण खरिद÷जडानका लागि ६० करोड र फायर भेईकल खरीदका लागि ४१ करोड १० लाख बजेट छुट्याएको क्यानले जनाएको छ । 

निर्माणको अन्तिम चरणमा पुगेको विमानस्थल निर्माणमा बन्दाबन्दीका कारण केही सु्स्तता आएतापनि निर्माण कार्यमा रुकावट नभएको जनाईएको छ । ९१ प्रतिशत निर्माण सम्पन्न भएको उक्त विमानस्थलको भैतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भई फिनिसिङको कार्य अधिकासं सम्पन्न भएको छ । 

क्यानका अनुसार विमानस्थलमा जडान गर्नुपर्ने रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उडड्यन सहाय उपकरण, ब्यागेज ह्याण्डलिंग सिष्टम, एक्सरे आदि यन्त्र उपकरण अधिकांश आइसकेको छ । उपकरण जडान गर्न बाँकी रहेको छ । 

सम्झौता अबधिभन्दा ६ महिना अघि नै निर्माण सम्पन्न हुने भन्दै निर्माण गरिएको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल सम्झौता अबधिमा सकिने क्यानले अनुमान गरेको छ । निर्माणको कार्य नरोकिएपनि बन्दाबन्दीका कारण सुस्तता आएको भन्दै  ६ महिना अघि सम्पन्न नहुने अुनमान गरेको हा । 

जग्गा अधिग्रहण र मुअव्जा वितरणका लागि ७८ करोड र विमानस्थल निर्माण भवन तथा धावनमार्ग समेतका लागि १० अर्ब २५ करोड बजेट छुट्टाएको छ । 

६१ प्रतिशत निर्माण सम्पन्न उक्त विमानस्थ निर्माणमा अधिकांश चिनिया प्राविधिक चीनमा रोकिदा बिमानस्थल निर्माणमा सुस्तता आएको जनाइएको छ । 

४१ अर्ब वार्षिक बजेट

क्यानले चालु वर्षका ४१ अर्ब ११ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पूँजीगत तर्फ ३० करोड ६४ लाख रुपैयाँ छुट्याएको छ भने बाँकी बजेट साधारण खर्चका लागि छुट्याएको छ । क्यानले गत वर्ष क्यानले ४६ अर्ब ९६ करोड बराबरको बजेट विनियोजन गरेको थियो ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved