भदौ १६ बाट हवाइ उडान नखुले आन्दोलन गर्ने चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 01:55:47 PM मा प्रकाशित

laxmi  sunrise bank

वायु सेवा सञ्चालकहरुले भदौ १६ बाट उडान सञ्चालन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट सञ्चालन हुने भनिएको हवाइ उडान थप १५ दिन बन्द अवस्थामा राख्ने निर्णय गर्दै भदौ १६ पछि मात्रै खुला गर्ने निर्णय गरेपछि वायु सेवा सञ्चालक संघकले आन्तरिक हवाइ सेवा तत्काल सञ्चालनमा नल्याए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको हो । 

आफूहरु विश्व स्वास्थ्य संगठन र आइकाओले तय गरेका उडान मापदण्ड पालना गरेर उडान गर्न तयार रहेको संघको भनाई छ । 

‘आन्तरिक वायुसेवा प्रयोग गर्दैमा संक्रमण फैलिदैन र यदि सरकारवाट संक्रमण परीक्षण गर्न चाहेको खण्डमा एउटै ठाउँमा सम्भव हुन सक्ने भन्दै सञ्चालकहरुले टिकेटिङ सिष्टमबाट यात्रुहरुको कन्ट्याक्ट ट्रेसिङ पनि क्षणभर मै गराउन सकिन्छ’ संघको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved