भदौ १६ बाट अन्तराष्ट्रिय उडान शुरु, नेपाल आउँदा होटल बुकिङ अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2020 | 06:25:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले हवाइ उडान भदौ १६ गतेबाट खोल्ने भएको छ । नियमित उडान खुला गर्ने र यसका लागि निश्चित मापदण्ड बनाईएको सरकारका प्रवक्तासमेत रहेका अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताएका छन्। 

नियमित उडानमा नेपाल फर्किनेहरुले अनिवार्य पीसीआर बिधिबाट कोरोना परीक्षण गराएको हुनुपर्ने छ । मन्त्रिपरिषद् बैठकले उडान तालिकाबारे जानकारी गराउने जिम्मा भने पर्यटन मन्त्रालयलाई दिएको छ । 

७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने, त्यसको शुल्क आफैँले तिर्नुपर्ने, जहाजको टिकट काट्दा नै होटल बुकिङको शुल्क तिर्नुपर्ने, यसरी तिरेको शुल्क सम्बन्धित एयरलाइन्सले होटललाई उपलब्ध गराउनुपर्ने गरि प्रोटोकल तयार पारिएको मन्त्री डा. खतिवडाले प्रेस ब्रिफिङमा बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved