निजगढ विमानस्थल निर्माणको काम तीब्र गतीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2020 | 04:38:03 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय गौरवको रुपमा रहेको निजगढ अन्तराष्ट्रिय विमानस्थलको काम अघि बढेको छ । हालसम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ भने नदि नियन्त्रणका कामले पनि तीब्रता लिएको हो । 

आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री योगेश भट्टराईको अध्यक्षताम निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजिकरण समितिको बैठकमा प्रगति पेश गदै आउँदो मंसिर मसान्तभित्र रुख तथा पोलहरुको लगत नम्वरीङको कार्य सम्पन्न गर्ने निर्णय गरेको छ । 

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि समितिको २०७६ माघ २ गतेको निर्णयानुसार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह सचिवको संयोजकत्वमा गठित समितिले स्थलगत रुपमा निरीक्षण गरी वस्ती व्यवस्थापन गर्न स्थान सहितको मोडालिटी तयार गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्ने र सो समितिमा डिभिजन वन कार्यालय, बाराका प्रमुखलाई थप गर्ने निर्णय गरेको हो । 

त्यस्तै बैठकले विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान कार्य सम्पन्न गर्न नेपाल वन निगम लिमिटेडमार्फत रुख कटानको काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिएको छ । 

बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रकृयाका बाँकी कार्यहरु आगामी हप्ता दिन भित्रमा सक्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशनसमेत दिएको छ । लगानी बोर्डले विमानस्थल निर्माणका लागि छनौट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्बर ३० भित्र परियोजना प्रस्तावको अन्तिम निर्णय लिने समेत निर्णय गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved