जहाजले पूरै सिटमा यात्रु बोक्न पाउने, असोज ५ बाट उडान नियमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2020 | 05:12:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सिट क्षमता अनुसारकै यात्रु राखेर जहाज उडाउन पाईने भएको छ । शुक्रबार पर्यटन मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै क्षमता अनुसारकै यात्रु बोक्न पाउने निर्णय गरेसँगै वायुसेवा सञ्चालक संघले असोज ५ गतेदेखि आन्तरिक उडान सुरु गर्ने जनाएको हो । 

यसअघि सरकारले सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर विमान उडान पाउने निर्णय गरेपछि नीजि क्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरुले आधा यात्रु बोक्ने गरी टिकट बुकिङ नखुलाउने अडान लिँदै आएका थिए । असोज १ गतेदेखि उडान गर्ने भनिएपनि उनीहरुले आधा यात्रु बोक्दा जहाजको खर्च धान्न नसकिने गुनासो गर्दै उडान रोकेका थिए ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि आन्तरिक र बाह्य हवाइ उडान रोकेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved