स्वास्थ्य मापदण्ड पालना गर्दै यतीको यात्रा सूचारु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2020 | 01:05:14 PM मा प्रकाशित

laxmi  sunrise bank

यती एअरलाइन्स Yeti Air  ले उच्च सर्तकता अपनाएर हवाई उडान सुरु गरेको छ । एअरलाइन्सले आफ्नो २२ औँ स्थापना दिवसका अवसरमा सोमबा पत्रकार सम्मेलन गरी कोभिड–१९ को सम्भावित सङ्क्रमणका कारण झण्डै ६ महिनादेखि बन्द रहेको यती एअरलाइन्स आजदेखि नै उडान सुरु गरेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० अनोज रिमालले कोभिड–१९ पछिको आवश्यक कार्यविधि बनाएर उडान सञ्चालन गरेको जानकारी दिए । सरकारले असोज १ देखि आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेपनि यती एअरलाइन्सले असोज ५ गतेदेखि उडान सुरु गरेको हो ।

एअरलाइन्सका सिईओ रिमालले चालकदल,  यात्रु र कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर यती एअरलाइन्सले विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको निर्देशिका अनुरुप यती एअरलाईन्स तथा तारा एअरको छुट्टाछुट्टै कार्यविधि बनाएर सुरक्षित तवरले जहाज सञ्चालन गरेको बताए । 

“यात्राका दौरान यात्रुहरुलाई सुरक्षित राख्न गर्नुपर्ने अतिरिक्त सुरक्षा उपायका लागी कर्मचारीहरुलाई अभ्यस्त राख्न तालिम प्रदान गर्ने,  आवश्यक उपकरणहरु खरीद गर्ने तथा उडान सम्बन्धि पूर्वाभ्यासहरु सम्पन्न गरीसकेका छौं,’ उनले भने । 

२०५५ सालदेखि यात्रुलाई सेवा प्रदान गर्दै आएको यतीमा हाल एटिआर–७२ सीट क्षमताका पाँच, जेटस्ट्रिम–३० सीटका पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ विमान सञ्चालनमा रहेका छन् । यतीका विमानले हाल पोखरा, विराटनगर,  नेपालगञ्ज,  भरतपुर,  जनकपुर,  भद्रपुर,  भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान सेवा प्रदान गर्दै आएको । त्यस्तै, तारा एअरले दुर्गम हिमाली तथा पहाडी भाग लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, वाजुरा जस्ता विमानस्थलमा सेवा प्रदान गर्दै आएको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । 

यतीले उडान हुनुभन्दा दुईघण्टा पहिला विमानस्थल पुग्न,  माक्सको अनिवार्य प्रयोग गर्न, भौतीक दूरी कायम राख्न, वायुयानमा फेस भाइजरको प्रयोग गर्न, स्यानिटाइजरको प्रयोग गर्न यात्रुलाई आग्रह गरेको छ । एअरलाइन्सले ७० वर्षभन्दा बढी उमेरका दिर्घरोगी र गर्भवती महिलालाई सकेसम्म जहाजमा यात्रा नगर्न अनुरोधसमेत गरेको छ । तत्कालका लागि उडानमा खानपान र शौचालयको प्रयोग निषेध गरिएको एअरलाइन्सले जनाएको छ । 

यात्रालाई सुरक्षित राख्न यती एअरलाइन्सले हरेक प्रयोग पश्चात वायुयान, यात्रु ओसारपसार गर्ने सवारीसाधन,  व्यागेज ट्रली तथा उपकरणको अनिवार्य नि–सङ्क्रमण गर्ने,  कार्गो तथा लगेजहरुको आवश्यक्ता अनुसार नि–सङ्क्रमण गर्ने व्यवस्था मिलाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved