खाडीका ३ देशबाट नियमित उडान सुरु हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2020 | 02:58:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले असोज १५ गतेबाट खाडीका मुलुकहरुबाट उडान खुलाउने भएको छ । कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गरिने पर्यटन मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले खाडी मुलुकबाट नियमित उडानका लागि अक्टोबर महिनाको उडान तालिका नै सार्वजनिक गरेको छ । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले यसअघि चार्टर्ड उडान मात्र हुँदै आउका तीन गन्तव्य दोहा, रियाद र कुवेतमा अब नियमित उडान गरिने बताएका छन् । 

२५ दिनका लागि सातामा १०९ वटा उडान हुने गरी तालिका तय भएको छ । अक्टोबर महिनाका लागि दैनिक १५ वटासम्म उडान अनुमति दिइएको छ । थप भएको उडान तालिकाअनुसार दोहामा नेपाल एयरलाइन्सका न्यारोबडी र वाइडबडी जहाज र हिमालय एयरलाइन्सले उडान भर्नेछन् । कुवेतबाट जजिरा एयरवेजले उडान गर्नेछ भने रियादबाट हिमालय एयरलाइन्सले नियमित उडान गर्ने जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved