यतीको हिमालयलाई ग्राउण्ड ह्याण्डलिङ दिने राष्ट्रघाती निर्णय फिर्ता लिन माग

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 25, 2020 | 04:02:17 PM मा प्रकाशित

nj

नेपाल बायुसेवा निगम कर्मचारी युनियनले हिमालय एयरलायन्सलाई ग्राउण्ड ह्याण्डलिङको अनुमती दिएकोमा बिरोध गरेको छ। उच्च गुणस्तरीय ढंगबाट सेवा प्रदान गर्दै आएपनि नेपाल एयरलायन्सलाई नै सिध्याउने नियोजित षडयन्त्रबाट हिमालयलाई अनुमती दिईएको भन्दै कर्मचारी युनियनले बिरोध जनाएको हो। 

आइकाओ र आइटा जस्तो सँस्थाको मापदण्ड पुरा गरी काम गरेकाले अन्तराष्ट्रिय स्तरको आइएसएजीओको प्रमाणपत्र प्राप्त गरेको यथार्थलाई बिर्सिएर हिमालयलाई ग्राउण्ड ह्याण्डलिङको अनुमती दिनु राष्ट्रघाती निर्णय भएको कर्मचारी युनियनको ठहर छ। 

नेपाल एयरलायन्सले गर्दै आएको सेल्फ प्लस कमर्शियल ग्राउण्ड ह्याण्डलिङको काम समेत हिमालयनलाई दिने षडयन्त्र अनुसार नै अनुमती दिइएको कर्मचारी युनियनको दाबि छ। 

अहिले सेल्फ ग्राउण्ड ह्याण्डलिङ अनुमती दिनुमा फेव्रुअरि २०२१ देखि कमर्शियल ग्राउण्ड ह्याण्डलिङ समेत दिने षडयन्त्र लुकेको युनियनद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। 

नेपाल बायुसेवा निगमलाई कमर्शियल ग्राउण्ड ह्याण्डलिङका लागि प्रयोग हुने उपकरण राख्ने ठाउँ समेत अभाव भईरहेको यथार्थलाई बिर्सिएर अर्को कम्पनीलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ दिएर गम्भीर गल्ति भएको युनियनको भनाई छ। 

निगमको संचालक समिति सदस्य समेत प्रभावमा परी कोभिड १९ को कठिन परिस्तिथिमा चार्टड र उद्द्वार उडानमा समेत निगमलाई बाईपास गरेर हिमालय एयरलायन्सलाई दिईएको प्रति समेत युनियनले आपत्ति जनाएको छ। 

जुन निर्देशिका अन्तर्गत अनुमती दिइएको हो त्यहि निर्देशिकाको परिच्छेद २ को दफा ४ अन्तर्गत अनुमती खारेज गर्न समेत युनियनले आग्रह गरेको छ। उक्त व्यवस्थामा ग्राउण्ड ह्याण्डलिङको लागि ठाउँ अभाव भएमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ गरिरहेका बाहेक थप अन्तर्राष्ट्रिय बायुसेवा वा संस्थालाई विमानस्थल प्रमुखको सिफारिसमा सेल्फ ग्राउण्ड ह्याण्डलिङको अनुमती प्रदान नगर्ने निर्णय गर्न सक्नेछ। 

पोखरा र भैरहवा विमानस्थलमा समेत निगमको सेवा बिस्तार गर्नुपर्नेमा निगमको हिस्सा नै खोसेर नेपालको एकमात्र राष्ट्रिय ध्वजावाहक जहाज सिध्याउने खेल राष्ट्रघाती भएको भन्दै यो निर्णय फिर्ता लिनलाई युनियनले आग्रह गरेको छ।  नेपाल बायुसेवा निगम कर्मचारी युनियन नेकपा निकट निगमको आधिकारिक ट्रेड युनियन हो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved